कोरोना भाइरसको खतराको कारण अब सानो तथा ठूला पर्दामा चुम्बन गर्ने दृश्यलाई प्रतिबन्ध गरिएको छ। कोरोना भाइरसबाट त्रसित ताइवानले चलचित्र र सीरियलमा चुम्बन हुने दृश्यहरुको शुटिङमा प्रतिबन्ध लगाएको छ। यति मात्र नभई, शुटिङको क्रममा अभिनेता र अभिनेत्रीहरुलाई धेरै नजीक नजान पनि सल्लाह दिइएको छ। ताइवानको समाचार एजेन्सी ‘यूनाइटेड डेली’ को रिपोर्टका अनुसार, यस संक्रमणबाट बच्न, टिभी सिरियल र चलचित्रहरुमा चुम्बन दृश्यहरुको शुटिङ प्रतिबन्धित गरिएको हो।
खबरका अनुसार, ‘फोरमोसा टिभी’मा प्रसारण हुने सिरियल ‘गोल्डल सिटी’ मा अभिनेत्री ‘मिया चीउ’ र अभिनेता ‘जुन फू’ बीच प्रायः चुम्बनको दृश्यहरु देखिने गर्थ्यो र दुबैले लामो चुम्बनको दृश्य पनि दिई सकेका छन्। तर, अब यस कोरोना भाइरसको कारण, यसमा पनि प्रतिबन्ध लगाइएको छ। यसै चुम्बन दृश्य प्रतिबन्धमा, अभिनेत्री मिया चीउले खुशी जताएकी छिन्। उनले भनिन्, ‘हल्का चुम्बन नै दृश्य पूरा गर्न पर्याप्त हुन्छ’।
यससँगै, ताइवानले सानो पर्दासँग सम्बन्धित कलाकारहरुलाई पनि भीड ठाउँहरूमा अत्यधिक घनिष्ठ दृश्यहरु शूट गर्नबाट बच्न निर्देशन दिएका छन्। साथै चलचित्र निर्माणसँग सम्बन्धित सदस्यहरुलाई पनि ‘मास्क’ लगाउन भनिएको छ।
बिना कुनै लक्षण नै घातक कोरोना भाइरस लागेको पहिलो मामला ताइवानमा रेकर्ड गरिएको छ। जसकारण यो भाइरसबाट संक्रमित व्यक्तिको संख्या देशभरमै १८ पुगेको छ। जसको कारण विश्वमा निकै त्रासको माहोल बनेको छ।
जानकारीका अनुसार, चीनमा कोरोना भाइरसबाट ज्यान जानेको संख्या बढेर ९१० पुगेको छ। जबकि ४०६१४ जना व्यक्ति संक्रमित भएको पुष्टि भएको छ। यस भाइरस हालसम्म, भारत लगायत २५ भन्दा बढी देशहरुमा देखा परिसकेको छ।