शोक प्रस्ताव पारित

प्रतिनिधिसभाको आजको बैठकले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का तर्फबाट संविधानसभा सदस्य रहनुभएका सिद्धार्थकुमार सोमानीको निधनप्रति समवेदना प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको उक्त शोक प्रस्ताव बैठकले पारित गरेको हो । स्व. नेता सोमानीको ५२ वर्षको उमेरमा यही माघ २५ गते शनिबार झापास्थित निवासमै निधन भएको थियो ।

नेता सोमानी २०६४ सालमा तत्कालीन माओवादीका तर्फबाट समानुपातिक सदस्य निर्वाचित हुनुभएको थियो । स्व नेता सोमानीले गणतन्त्र स्थापनाका लागि सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही माघ २९ गते बुधबार १ बजे बस्नेछ ।

तीन प्रतिवेदन पेश
प्रतिनिधिसभाकोे बैठकमा विषयगत समितिका तीन प्रतिवेदन पेश भएका छन् । आजको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले ‘प्रमाण (दोस्रो संशोधन), कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘बीउ बिजन (दोस्रो संशोधन) र राज्य व्यवस्था तथा सुशासन समितिका

सभापति शशी श्रेष्ठले ‘लोक सेवा आयोग विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश गर्नुभएको थियो ।
सङ्घीय संसद्को सचिव गोपालनाथ योगीले ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६’ राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक बैठकमा टेबुुल गर्नुभएको थियो ।

प्रकाशित : मङ्गलबार, माघ २८, २०७६०९:४२

मन्त्री हुनु त यस्तो पो !