हङकङले नेपाललाई दियो बलियो लक्ष्य !

काठमाडौं – एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट प्रतियोगितामा हङकङले नेपाललाई १ सय ५५ रनको लक्ष्य दिएको छ ।

थाईल्यान्डको बैंककमा रहेको टेर्डथाई क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनायो । खराब सुरुवात गरेको नेपाललाई स्पिनरहरुले उत्कृष्ट प्रर्दशन गर्दै राम्रो पुनरागमन गराएका थिए ।

नेपाललाई पहिलो सफलता स्पिनर सुशन भारीले दिलाए । सुशनको आठौं ओभरको पाँचौ बलमा ठूलो सट खेलेका शाहिद वासिफ बाउन्ड्री लाइन नजिकै आरिफ शेखबाट २६ रनमा क्याच भए । वासिफले २३ बलमा ३ चौका र १ छक्का प्रहार गरे । पहिलो विकेटका लागि वासिफले निजाकत खानसँग ४७ बलमा ५८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

आक्रामक ब्याटिङ गरेका अर्का ओपनर निजाकत खानलाई सुशनले ४८ रनम क्याच आउट गराए । सुशनको दशौं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका निजाकत डिपकभरमा कुशल मल्लबाट क्याच आउट हुन पुगे । निजाकतले २९ बलमा ६ चौका र २ छक्का प्रहार गरे । ११ औं ओभरको दोस्रो बलमा सन्दीपले किन्चित शाहलाई दीपेन्द्र सिंह ऐरीबाट शुन्यमा क्याच आउट गराए ।

बायाँ हाते स्पिनर कुशल मल्लले हारुन अरशदलाई १४ औं ओभरको अन्तिम बलमा अभिनाश बोहराबाट २७ रनमा क्याच आउट गराएपछि नेपाल खेलमा फर्किएको थियो । उनले २२ बलमा ३ चौका प्रहार गरे । कप्तान ज्ञानेन्द्र मल्लले १५ औं ओभरको तेस्रो बलमा जेम्श अत्किशनको क्याच ड्रप गर्दै ब्यक्गित १ रनमा जिवनदान दिए ।

सन्दीपको १७ औं ओभरको पाँचौ बलमा अघि बढेर सट खेल्नेक्रममा जेश्म मिस भएपछि विनोद भण्डारीले १३ रनमा स्टम्पिङ आउट गराए । कप्तान मोहम्मद एजाज खान २९ रनमा रन आउट भए । दीपेन्द्रले रन आउट गर्नुअघि उनले २१ ब्लमा १ चौका र १ छक्का प्रहार गरे ।

स्पिनर सुशन भारीले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । सर्वाधिक महँगा सावित बनेका करण केसीले ३ ओभरमा ३३ रन खर्चिए । अभिनाश बोहरा ४ ओभरमा २४ रन दिए ।

प्रकाशित : आइतबार, फागुन १८, २०७६०४:२३

आर्सनल प्रशिक्षक अर्टेटालाई कोरोना संक्रमण !