रोनाल्डिन्होको सहयोगमा उत्रिए मेस्सी, जेलबाट छुटाउन ४ मिलियन युरो खर्च गर्दै !

एजेन्सी – बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले पूर्वसहकर्मी रोनाल्डिन्होलाई जेलबाट छुटाउन ४ मिलियन युरो खर्चिने भएका छन्।

पाराग्वेमा नक्कली कागजात प्रयोग गरेको आरोपमा पक्राउ परेका पूर्वसहकर्मी रोनाल्डिन्हो छुटाउनको लागि मेस्सी सहयोगमा उत्रिएका हुन्। रोनाल्डिन्होलाई जेलबाट मुक्त गराउन वकिल मगाउन लाग्ने ४ मिलियन युरो मेस्सीले बेहोर्ने भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।

पाराग्वेका क्यासिनोका मालिक नेल्सन बेलोट्टीले आमन्त्रित गरेपछि रोनाल्डिन्हो आफ्ना भाई रोबर्टोसँगै पाराग्वे पुगेका थिए। रिसोर्ट याट एण्ड गल्फ क्लब पाराग्वेमा छापा मार्दा रोनाल्डिन्हो रोबर्टोसँगै उनका भाइ रोबर्टोले पाराग्वेको नागरिकको रुपमा पासपोर्ट लिएको पाइएको थियो। जसपश्चात उनीहरु दुवैलाई पक्राउ गरेर कानुनी प्रक्रिया अगाडी बढाइएको थियो।

हाल रोनाल्डिन्होसँग ब्राजिलियन पासपोर्ट छैन । उनलाई ब्राजिली अदालतले सन् २०१८ मा वातावरणीय जरिवाना गरेको थियो । त्यो बापत उनलाई ८५ लाख डलर जरीवाना गरिएको थियो ।

उक्त जरिवाना रकम भुक्तानी गर्न नसकेपछि उनलाई त्यहाँको सर्वोच्च अदालतले देश छोड्न नपाउने आदेश गरेको थियो । उनले २०१५ मा त्यहाँस्थित एक तालमा बिना लाइसेन्स माछा मा-र्ने अखडा बनाएका थिए ।

सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा रोनाल्डिन्हो टोलीका मुख्य सदस्य रहेका रोनाल्डिन्होले बार्सिलोनाबाट सन् २००३ देखि २००८ सम्म खेलेका थिए। मेस्सी र रोनाल्डिन्हो बीच क्याप नोउमा लगभग ४ वर्ष सहकार्य भएको थियो। ३९ वर्षीय रोनाल्डिन्होले २००५ मा ‘बालोन डी ओर’ तथा २००४ र २००५ मा ’फिफा वल्ड प्लेयर अफ द ईयर’ अवार्ड जितेका थिए ।

प्रकाशित : शुक्रबार, फागुन ३०, २०७६१०:४६

कोरोनाका कारण आईपीएल सर्यो !