काठमाडौँ – चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका ८० भन्दा बढी देशमा फैलिसकेको अवस्था छ। कोरोनाका कारण विश्वभरमा अहिले सम्म ३ हजार २ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन्।
कोरोनाको त्रास बढेसँगै अहिले हात मिलाउने भन्दा पनि नमस्ते गर्ने अभियानले नेपालमा ठाउँ पाएको छ। चिकित्सकहरुले हात नमिलाई नमस्ते गर्न सुझाव दिरहेका छन्।
नेपाल तथा भारतमा प्रयोग हुने ‘नमस्ते’ संस्कारले कोरोना भाइरस त्राससँगै विश्वव्यापी चर्चा पाएको छ। अहिले विभिन्न देशहरुमा कोरोनाबाट बच्न हात नमिलाई नमस्ते गर्ने प्रचलन बढेको छ।
केहि समय अगाडी इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले कोरोना भाइरस फैलिएपछि हात मिलाउँदा संक्रमणको जोखिम हुने भन्दै नमस्ते गर्न आफ्ना नागरिकहरुलाई सुझाएका थिए। इजरायलका नेतन्याहु मात्र नभई विश्वका ठूला-ठूला नेताहरुले पनि नमस्ते गर्ने संस्कारलाई प्राथमिकता दिन थालेका छन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, फ्रेन्च राष्ट्रपति इम्यानुएल म्याक्रोँ, स्पेनी राजा फेलिप पाचौँ र रानी लेतिजिया, आइरिस प्रधानमन्त्री लियो बरादकार, बेलायती राजकुमार चार्ल्स जस्ता व्यक्तिहरुले समेत नमस्ते गर्ने संस्कारलाई प्राथमिकता दिएपछि यसले विश्वव्यापी स्थान पाएको छ।
Prince Charles offered a handshake before quickly changing his mind and instead greeting guests at the Prince’s Trust Awards with a prayer-like gesture to avoid contact amid coronavirus concern. https://t.co/z7ke5ZOulX pic.twitter.com/EIVRGVYQkE
— ABC News (@ABC) March 12, 2020
पाश्चात्य शैलीमा हात मिलाउने चलनले कोरोना संक्रमणको जोखिम बढाएपछि नेपाल, भारत लगायत पूर्वीय हिन्दू सभ्यतामा प्रचलित नमस्ते गर्ने चलन विश्वव्यापी प्रचलनको रुपमा उदाएको छ।