अफगानिस्तानमा पनि कोरोना भाइरसको सङ्क्रमण !

एजेन्सी/रासस –  अफगानिस्तानमा कोभिड–१९ सङ्क्रमण १० व्यक्तिमा देखिएको शनिबार प्राप्त एक समाचारमा जनाइएको छ । थप तीन जनामा सो सङ्क्रमण देखिएपछि कोरोना भाइरसको सङ्क्रमणको सङ्ख्या १० पुगेको बताइएको छ ।

अफगानिस्तानको पूर्वी भागमा पर्ने कपिसा प्रान्त र उत्तरी समानगान र बल्ख प्रान्तहरुमा कोभिड–१९ सङ्क्रमणको घटनाहरू पुष्टि भएको टोली न्युज टिभीले सार्वजनिक स्वास्थ्य मन्त्रालयका अधिकारीहरूलाई उद्धृत गर्दै जानकारी दिएको छ ।

हाल अफगानिस्तानमा कोरोना सकारात्मक देखिएका यी १० मा सात जना इरानबाट फर्किएका व्यक्तिहरु रहेका जनाइएको छ । यद्यपि तीन नयाँ कोरोना भाइरस सङ्क्रमितहरु बाहिरबाट आएको हो वा स्थानीय रुपमा सङ्क्रमित भएका हुन तत्काल प्रष्ट नभएको जनाइएको छैन् ।

काबुलमा राष्ट्रिय प्रयोगशालाहरूमा कूल ५२ संदिग्ध घटनाहरू अनुसन्धानरत रहेको जनाइएको छ ।

प्रकाशित : शनिबार, चैत ०१, २०७६०८:२८

प्रधानमन्त्रीलाई प्रचण्डले भेटे