एजेन्सी, बलिउड सुपरस्टार ऋतिक रोशन र सुन्दर अभिनेत्री प्रिती जिन्टाले आफ्नो चलचित्रबाट सामाजिक संजालबाट निकै चर्चा कमाएका छन्। उनीहरु एक साथ ‘कोइ मिल गया’मा देखा परेका थिए। प्रशंसकहरुले यी दुबैको अभिनयलाई निकै मन पराएका थिए।
तर, चलचित्रमा यी दुईको अभिनय भन्दा पनि ‘जादु’को भूमिका एकदम राम्रो मानिएको थियो। यस पात्रलाई दर्शकहरूले धेरै मन पराएका थिए, जसका कारण चलचित्रले बक्स अफिसमा राम्रो कमाई पनि गरेका थिए। तर के तपाईंहरुलाई थाहा छ, त्यस चलचित्रमा कसले जादूको भूमिका निभाएका थिए? आज हामी यसै विषयमा चर्चा गर्नेछौ।
ऋतिक रोशनका यस चलचित्रको निर्माण उनकै बुवा राकेश रोशनले गरेका थिए। चलचित्रमा ऋतिक रोशनले रोहितको र प्रीति जिन्टाले निशाको भूमिका निभाएकी थिइन्। त्यसै गरि, कोइ मिल गयाको जादूको भूमिका कलाकार इंद्रवदन पुरोहितले निभाएका थिए। यद्यपि, उनले यस संसारबाट सँधैका लागि बिदा लिइसकेका छन्।
चलचित्रमा जादूको भूमिका निभाउने इंद्रवदन पुरोहितका लागि त्यस पोशाक अष्ट्रेलियाबाट मगाइएको थियो र त्यसको लागत १ करोड रहेको थियो। उनले सब टिभीको लोकप्रिय सीरियल बलवीरमा पनि काम गरेका थिए। यति मात्र नभई, उनी हलिवुड चलचित्र ‘लर्ड अफ द रिंग्स’मा पनि देखिएका थिए।