मास्क महँगोमा बेच्ने योजना चौपट: सोमबार बिहानै १० लाख लुकाइएको मास्क प्रहरी नियन्त्रणमा !

काठमाडौँ – काठमाडौँको संतुङगलबाट प्रहरीले ठूलो परिमाणमा मास्क बरामद गरेको छ । लुकाएर राखिएको अवस्थामा करिब १० लाख थान मास्क बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरीले चन्द्रागिरी नगरपालिका–१० संतुङगलको एउटा गोदाममा छापा मारेर १० लाख थान मास्क बरामद गरेको हो। सोमबार बिहान आरडीजी इन्टरनेशनल सप्लायर्समा अनुगमन गर्दा उक्त परिमाणको मास्क फेला परेको बताइएको छ।

सोहि सप्लायर्सका संचालकहरुले कपनमा लुकाइराखेको एक लाख ६८ हजार मास्क पनि आइतबार बरामद भएको थियो। लाख भन्दा बढी मास्क लुकाइएको खुल्न आएसँगै थप अनुसन्धान गरिएको थियो। संतुङगलमा समेत ठूलो मात्रामा मास्क लुकाएको थाहा हुनआएपछि आइतबार सतुङ्गलको गोदाम पनि नियन्त्रणमा लिइएको थियो।

आइतबार शिल गरिएको उक्त गोदाममा सोमबार पुनः छानबिन गर्दा १० लाख थान मास्क बरामद भएको हो। कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणको जोखिम भएका बेला यसरी प्रहरीले मास्क बरामद गरेको हो । कालोबजारी गरेको आरोपमा मास्कसहित सात जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

सप्लायर्सका चार मुख्य संचालक सहित अन्य तीन अहिले प्रहरी नियन्त्रणमा छन्। यसअघि शनिबार प्रहरीले काठमाडौँको डल्लुबाट ७८ हजार मास्क बरामद गरी आठ जनालाई पक्राउ गरेको थियो । उनीहरुले पाँच रुपैयाँ पर्नै मास्कलाई ३० देखि ४० रुपैयाँमा बिक्री गर्ने गरेको सूचना पाएपछि प्रहरीले काठमाडौँमा खोजी अभियान जारी राखेको छ ।

प्रकाशित : सोमबार, चैत ०३, २०७६०५:०४

‘खीर बाजे’को व्यापार: खीर बेचेरै मासिक एकदेखि दुई लाखसम्म आम्दानी