काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रभावशाली नेता भीम रावलले विद्यावारिधी गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री समेत रहेका रावलले राजनीतिशास्त्रमा विद्यावारिधी तहको अध्ययन पूरा गरेका हुन्।
नेपालमा राजनीतिक हिं-सा र माओवादी वि-द्रोहमा त्यसको प्रयोग बारे अनुसन्धान गरेर रावलले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा विद्यावारिधी गर्न सफल भएको बताइएको छ।
उनको थेसिसलाई त्रिभुवन विश्वविद्यालयको मानविकि संकायको रिसर्च कमिटिले सोमबार स्वीकारेपछि रावलको औपचारिक रुपमा विद्यावारिधीको अध्ययन पूरा भएको हो।
नेपालमा राजनीतिक हिं-सा र माओवादी द्ध-न्द्ध विषयमा थेसिस लेखेका रावलको भाइभा सम्पन्न भएसँगै रावलको विद्यावारिधी पूरा भएको हो। माओवादी द्व-न्द्वले निम्त्याएको गलत परिणामको मात्र नभई सकारात्मक परिणामको समेत अनुसन्धान गरेर विद्यावारिधी गरेका रावलले अब देखि नामको अगाडी डाक्टर लेख्न पाउनेछन्।
रावल नेकपा भित्र प्रखर वक्ता मानिन्छन्। सरकारका गलत कदम तथा काममा चर्को आलोचना गर्ने गरेका कारण उनलाई पार्टी भित्रका प्रतिपक्षी भनेर पनि धेरैले चर्चा गर्छन्।
रावल नेकपा सुदुरपश्चिम प्रदेशका इन्जार्ज हुन् भने उनी अछामबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।