बद्रीनाथ धामसंग जोडिएका यी रोचक कुराहरु जुन तपाइलाई थाहा छैन, जानिराखौं !

हिन्दु धर्मवालम्वीहरुको चार धाम मध्येको एक प्रसिद्ध धाम हो बद्रीनाथ धाम। भारतको उत्तराखण्ड राज्यस्थित अलकानंदा नदी किनारमा  अवस्थित बद्रीनाथ धामको दर्शनका  लागि प्रत्येक बर्ष लाखौंको संख्यामा श्रद्धालु भक्तजनको घुइंचो लाग्ने गरेको छ।  यस मन्दिरमा ६ महिना भगवान बिष्णु निन्द्रामा रहने र ६ महिना जागा रहने मान्यता रहेको छ।  यसै अवसरमा आज हामी  बद्रीनाथ संग जोडिएका केहि रोचक कुराहरुका बारेमा बताउन जादैछौं जुन कुरा धेरैलाई थाहा नहुन सक्छ।  आउनुहोस बद्रीनाथ संग जोडिएका केहि रोचक कुराको बारेमा जानिराखौं,

-बद्रीनाथ धामसंग जोडिएको एक मान्यता रहेको छ ‘जो आए बदरी, वो न आए ओदरी’ यसको मतलब  जो व्यक्तिले जीवनमा बद्रीनाथको एकपटक दर्शन गर्दैन उसले दोस्रो पटक माताको गर्भमा बास नपाउने मान्यता रहेको छ।

-बद्रीनाथमा पहिले भगवान भोलेनाथको निवास रहेको थियो पछि भगवान विष्णुले यो स्थान भगवान शिवसंग वरदान मागी बद्रीनाथलाई आफ्नो निवासको क्षेत्र बनाएको भन्ने मान्यता रहेको छ।

-बद्रीनाथ धाम दुई पार्वतीका बिचमा अवस्थित छ। जसलाई नर नारायण भन्ने गरिन्छ।  भनिन्छ बद्रीनाथको यस धाममा भगवान विष्णुका अंश नर र नारायणले घोर तपस्या गरेका थिए। मान्यता अनुसार नरले अर्जुन र नारायणले श्री कृष्णको रुपमा जन्म लिएका हुन्।

-केदारनाथ र बद्रीनाथको द्वार खुलेको समयमा मन्दिरमा बलेको बत्तिको पनि  बिशेष महत्व रहेको छ। मान्यता अनुसार ६ महिनादेखि बन्द रहेको मन्दिरमा भगवानले दीप जलाएर राख्ने गर्ने गरेको पाइन्छ।

-बद्रीनाथका पुजारी शंकराचार्यका वंशज हुने गर्छन। भनिन्छ जब यिनिहिहरु रावल पदमा रहन्छन तब सम्म यिनीहरुले ब्रह्माचर्य नियमको  पालना गर्नु पर्ने हुन्छ। यिनीहरुलाई स्त्रीको स्पर्श गर्न समेत बन्चित गरिएको छ।

-केदारनाथको द्वार खुल्ले तिथि बरिष्ट पण्डितद्वारा तय गर्ने गरिन्छ। यसमा सामान्य सुविधाका अलावा परम्परालाई पनि ध्यानमा राख्ने गरिन्छ।

प्रकाशित : सोमबार, जेठ २७, २०७६०८:४६

यस कारणले पनि हिन्दु धर्म अनुसार एकै गोत्र भएकासंग गरिदैन बिवाह, जान्नुहोस यसको पछाडिको रहस्य !