साना-साना कुरामा पनि खुशी हुन्छन् यी राशि हुनेहरु !

तपाइले पनि केहि व्यक्तिहरु देख्नु भएको होला, जो हरेक समय खुसी रहन्छन्। कहिलेकाहिँ तपाईलाई कसरी उनिहरू हरेक समय यति खुशी रहन्छन् भनेर अचम्म पनि लाग्छ होला। जस्तो दुख पर्दा पनि केहि व्यक्तिहरु सधैँ खुसी नै रहने गर्छन्।

तर केहि व्यक्तिको खुसीको सम्बन्ध उनीहरुको राशिसंग जोडिएको हुन्छ। आज हामी ती राशिहरुका बारेमा चर्चा गर्नेछौ, जो सँधै खुशी रहन्छ र जसको मुड जहिले पनि राम्रो रहन्छ। आउनुहोस्, ती राशिहरुका बारेमा चर्चा गरौँ जो हरेक कुरालाई हल्कामा लिन्छ र सधै खुसी रहन्छ। यी राशि भएका मानिसहरूलाई खुशी हुन कुनै कारणको आवश्यक पर्दैन, किनकी उनीहरू हरेक परिस्थितिलाई सकारात्मक तरिकाले लिने गर्छन्।

मेष राशि:

मेष राशिका व्यक्तिहरु अलि चंचल स्वभावमा हुन्छन्। उनीहरु जहिले केहि न केहि गरिरहेका हुन्छन्। साथै यी व्यक्तिहरु हरेक सानो कुराहरुमा तनाव लिदैनन् र आफ्नो बसमा नभएको कुराको बारेमा धेरै सोच्दैनन्। उनीहरु आफुमा भएका नकारात्मक भावनाहरुलाई वेवास्ता गर्छन्। यी व्यक्तिहरु कुनै पनि कुरालाइ मनमा लिदैनन् र केहि गलत भयो भने पनि त्यहिँ कुरा सोचेर बसिरहदैन।

धनु राशि:

यस राशिका व्यक्तिहरु हरेक प्रकारका सम्भावना र परिस्थितिहरुका लागि तयार रहन्छन्। उनीहरु सँधै आशावादी र खुसी रहन्छन्।
जब उनीहरु उदास र एक्लो महसुस गर्छन्, तब उनीहरु केहि नयाँ काम गर्न वा नयाँ साथीहरु बनाउने सोच्दछन्। उनीहरू प्रायः खुसीनै हुन्छन्, किनकि उनीहरु आफ्ना अनुभवहरूबाट नै सिक्ने गर्छन्। यदि उनीहरुले दु:खी महसुस् गरे भने उनीहरु कहिँ घुम्न अथवा आफ्नो जीवनमा ठूलो परिवर्तन ल्याएर त्यस परिन्स्थितिलाई सामान्य बनाउने प्रयास गर्छन्।

सिंह राशि:

सिंह राशिका व्यक्तिहरु प्राय: खुसी रहने गर्छन्। उनीहरु सँधै साथीहरु र परिवारको माझ नै हुन्छन्, जसका कारण उनीहरुले प्राय: एक्लो महसुस गर्दैनन्। उनीहरु समय अनुसार चल्ने गर्छन्। यी व्यक्तिहरु निकै मिलनसार स्वभावका हुन्छन्। उनीहरु साथि बनाउन पनि निकै सिपालु हुनुका साथै आफ्नो कुरा गर्ने शैलीले नै सबैलाई प्रवाहित पार्छन्।

तुला राशि:

तुला राशि भएका व्यक्तिहरु आफ्नो राम्रो मुडलाई लिएर निकै सचेत हुने गर्छन्। उनीहरु नकारात्मक कुरा मन पराउदैनन् र सँधै खुशी हुन चाहन्छन्। यी व्यक्ति आफुलाई खुशी पार्ने हरेक कुरामा ध्यान दिन्छन्। उदास हुदा उनीहरु स्वयं आफ्नो हेरचाह गर्छन्। यी राशिका व्यक्तिहरु आफैमा रमाउने किसिमका हुन्छन्। उनीहरुलाई रमाउनका लागि अरु व्यक्तिहरुको आवश्यकता हुदैन।

प्रकाशित : बुधबार, चैत ०५, २०७६१४:३४

वर्षको अन्तिम महिना चैत्रमा यी कार्यहरू गर्न हुँदैन !