सल्लाहविना सौतेनी आमा भित्र्याएको भन्दै बाबुआमाको ज्यान लिएपछि….

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरस्थित कटान टोलका भण्डारी दम्पतीको ह-त्यामा उनकै छोराको संलग्नता रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पत्रकार सम्मेलन गरी प्रहरीले घटनामा संलग्न भण्डारीका जेठा २६ वर्षीय छोरा भरतबहादुर भण्डारीलाई सार्वजनिक गरेको छ ।

गत फागुन १५ गते ५२ वर्षीय जयलाल भण्डारी र उनकी श्रीमती धनादेवी भण्डारी घरभित्रै घाँटीमा धा-रिलो ह-तियार प्रयोग गरी ज्यान लिइएको अवस्थमा श-व फेला परेको थियो । प्रहरी समक्ष पक्राउ परेका भण्डारीले मा-दक प-दार्थ सेवन गरी दुवै जनाको ह-सिया प्रयोग गरी ज्यान लिएको बयान दिएका छन् ।

घटनामा संलग्नताको आरोपमा पक्राउ परेका भण्डारी जयलालका जेठी श्रीमतीतर्फका जेठा छोरा हुन् । अंशबण्डा, सम्पत्ति भोगचलन, पारिवारिक झैझ-गडा र सल्लाहविना सौतेनी आमा भित्र्याएका कारणले बुबा जयलाल र सौतेनी आमा धनाको ज्यान लिएको कारण रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए।

उनका अनुसार भरत गत फागुन १३ गते सवारी चालक अनुमतिपत्रको परीक्षा दिनका लागि महेन्द्रनगर आएका थिए । परीक्षामा अनुत्तीर्ण भएपछि फागुन १४ गते आफन्तसँग भेटघाट गरी डडेल्धुरा फर्कन कैलालीको गोदावरी पुगेर पुनःकलुवापुरस्थित घरमा फर्केका थिए । राति ८ः३० बजे भरत कलुवापुरस्थित घर पुगेका थिए । घरमा पुगेपछि उनले बुबासँग केहीबेर कुराकानी गरेको त्यसपछि उनका बुबा सुत्न गएपछि सौतेनी आमा धनासँग केहीबेर कुराकानी हुँदा वादविवाद भएको थियो । वादविवादकै क्रममा धना भान्साकोठातिर लागिन्। भान्सामा गएकी धनालाई लोरो प्र-हार गरी उनले अचेत बनाए ।

अचेत भएर भूइँमा खसेकी धनालाई तत्कालै हसियाँ प्र-हार गरी ज्यान लिएको भरतले दिएको बयान उद्धृत गर्दै प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा भन्यो, “त्यसपछि बुबा जयलाल सुतेको कोठामा गई उनले सुतेकै अवस्थमा सोही ह-तियारको प्रयोग गरी बुबासमेत ज्यान लिए । सो ह-तियार लगाएको पञ्जा मोटरसाइलमा राखी भरत पुनःमोटरसाइकल चढेर डडेल्धुरातर्फ लागे ।”

घटनामा प्रयोग गरिएको हतियार र पञ्जा भासुको भिरबाट तल खसालेको र बारदातमा लगाएको कपडा डडेल्धुरास्थित घर नजिकै जलाएको पक्राउ परेका भण्डारीले प्रहरीलाई बताएका छन् । घटना भएको स्थानमा प्रहरीले मोबाइलको हेडफोन फेला पारेपछि त्यसको अनुसन्धान गर्दा सो हेडफोन भरतकै रहेको खुलेपछि प्रहरीले केरकार गर्दा उनले बुबा आमाको ह-त्या गरेको स्वीकार गरेका हुन् । भरतकी आमाको स्तन क्यान्सरका कारण मृ-त्यु भएपछि जयलालले धनालाई भित्र्याएका थिए ।

सौतेनी आमा ल्याएपछि बुबा भरतको सधैँ विवाद हुँदै आएको थियो । विवाद हुन थालेपछि उनीसँग विवाद भएपछि केही वर्षदेखि डडेल्धुराको अमरगढी नगरपालिका– २ जुगेना स्थित पुख्र्यौली घरमा बस्दै आएका. थिए । प्रहरीले भरतलाई चैत २ गते पुख्र्यौली घर डडेल्धुराबाट पक्राउ गरेको हो । ह-त्या गरिएका भण्डारी दम्पतीका सात महिनाकी एक छोरी रहेकी छन् । छोरीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : सोमबार, चैत ०३, २०७६१४:५१

बिरामीको ज्यान गएपछि आफन्तले डाक्टर कुटे, दिनभरी अस्पताल तनावग्रस्त !