साझा बसले स्यानिटाइजर छर्केर मात्र सेवा दिन थाल्यो, खचाखच यात्रु पनि बोक्न छाडियो !

काठमाडौँ – कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै साझा यातायातले बसभित्र स्यानिटाइजर छर्केरमात्र सेवा दिन थालेको छ।

कोरोना भाइरसको जोखिम बढेपछि साझा यातायातले बसभित्र स्यानिटाइज छर्केरमात्र सेवा सुरु गर्न थालेको हो। कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि करिब एक हप्ता देखि स्यानिटाइजर छर्केरमात्र सेवा दिन थालिएको साझा यातायातले जनाएको छ।

यही चैत एक गतेदेखि हरेक दिन सबै बसहरु सफा गरेर किटाणु नाशक गर्ने र सिट, ह्याण्डलजस्ता बढी छोइने वस्तुहरुमा पनि स्यानिटाजरले पटक–पटक सफा गर्ने गरिएको बताइएको छ।

यस्तै साझाले बसका चालक र परिचालकहरुको पनि नियमित स्वास्थ्य परिक्षण गर्न थालेको छ। सेवा शुरु गर्नुभन्दा अगाडी हरेक दिन स्वास्थ्य परीक्षण गरेर मात्र काममा खटाउने गरिएको साझाको भनाई छ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै बसमा खचाखच यात्रुहरु राख्न पनि छाडिएको बताइएको छ। यसो हुँदा यात्रुहरु बीच दूरी कायम भएर कोरोना संक्रमण सर्ने जोखिम कम हुने साझाको विश्वास छ।

प्रकाशित : मङ्गलबार, चैत ०४, २०७६०३:५९

अमेरिकन आइडलमा दिवेश पोखरेलले फेरी मच्चाए तहल्का [भिडियो सहित]