राशिचक्रमा राहुको प्रभाव, यी राशिलाई आकस्मिक परिणाम !

ज्योतिष शास्त्रमा राहुलाई छाया ग्रहको नाम दिइएको छ। भौतिक रुपमा कुनै अस्तित्व नभए पनि, अरू ग्रहहरू भन्दा राहुले बढी असर गर्दछ। छाया ग्रह भएको कारण यो सधै व्यक्तिहरुसँगै रहने गर्दछ र राहु बिग्रिएको अवस्थामा, पूर्ण रूपमा राशिहरुलाई पनि हावी गर्दछ। यो एक आकस्मिक परिणाम दिने ग्रहको रुपमा चिनिन्छ।

अरु ग्रहहरु जस्तै राहुको पनि गोचर हुने गर्दछ। ७ मार्च २०१९ मा, राहु मिथुनमा प्रवेश गरी सकेको थियो र सेप्टेम्बर २०२० सम्म यसै राशिमा रहनेछ। यसले सबै राशिका व्यक्तिहरुलाई असर गरिरहेको छ। आउनुहोस्,  राहुको यस गोचरले कुन राशिमा कस्तो प्रभाव पर्छ भन्ने बिषयमा चर्चा गरौँ।

मेष राशि:

राहुको गोचर, यस राशिको कुण्डलीको तेस्रो भावमा हुनेछ। जसले साहसका साथै सहजता पनि देखाउँदछ। राहुको तेस्रो भावको स्थितिले यस राशिका लागि राम्रो संकेतहरू ल्याइरहेको देखिन्छ। यस समय, राम्रो काम पाउने देखिन्छ। यदि, काम परिवर्तन गर्न चाहानुहुन्छ भने यो समय निकै शुभ रहनेछ। टाढाको भन्दा छोटो यात्राबाट लाभ उठाउन सकिएला। साहस र मनोबल बलियो हुने देखिन्छ। पदोन्नतिको पनि पूर्ण सम्भावना देखिन्छ।

वृष राशि:

राहुको यस गोचर, वृष राशिको एघारौं भावमा रहनेछ। जसको कारण, यस राशिका व्यक्तिहरुको समय कष्टकार रहनेछ। धन गुमाउने योग रहेको हुदा, निकै ध्यान दिनुहोला। असमझदारीले घरको वातावरण बिग्रिन सक्ला। खर्चमा वृद्धि हुने देखिन्छ। यस समय, आफ्नो स्वास्थ्यमा पनि निकै ध्यान दिनुहोला। ऋण लिनु र दिनु अघि निकै सावधानी अपनाउनुहोला।

मिथुन राशि: 

राहुको गोचर, मिथुन राशिको पहिलो भावमा  हुनेछ। जसलाई लग्न अर्थात शरीर भनिन्छ। यस समयमा, मिथुन राशिका व्यातिहरुको स्वास्थ्य  कमजोर हुन सक्छ। कुनै पुरानो रोगले फेरि सताउने देखिन्छ। बौद्धिक रूपमा, यो गोचर यस राशिका लागि निकै अनुकूल रहनेछ। सामाजिक कार्यमा मन जानेछ। मन-सम्मानमा पनि वृद्धि हुने देखिन्छ।

कर्कट राशि:

यस राशिको बाह्रौं भावमा राहुको गोचर हुन गइरहेको छ। जसले खर्चलाई प्रतिबिम्बित गर्दछ। गोचरको अवधिमा, खर्चमा निकै वृद्धि हुने देखिन्छ। यात्राको लागि योग रहेको हुदा, यस समय यात्रा पनि गर्न सक्नुहुनेछ। पारिवारिक जीवनमा उतार-चढावको सामना गर्नुपर्ला। कार्यक्षेत्रमा पनि चुनौतीहरुको सामना गर्नुपर्ला। वरिष्ठ व्यक्तिहरुसँग सम्बन्ध बिग्रने देखिन्छ।

सिंह राशि:

राहुको गोचर, यस राशिको एघारौं भावमा हुन गइरहेको छ। यो भावलाई आय र नाफाको भाव पनि भनिन्छ। यस बीचमा, केही राम्रो परिणामहरू पनि प्राप्त हुने देखिन्छ। काममा सफलता प्राप्त हुनुका साथै बिभिन्न क्षेत्रबाट लाभ पनि हुने योग रहेको छ। सन्तानको चिन्ताले सताउला। साथीहरूसँग रमाईलो समय बिताउने देखिन्छ।

कन्या राशि:

राहुले यस राशिको कुण्डलीको दशौं भावमा गोचर गर्नेछ। जुन, कर्म र स्थितिको भाव हुनेछ। यस समयमा, धन बचत हुनुका साथै विभिन्न सुविधाहरू पनि पाउने देखिन्छ। लक्ष्य प्राप्त गर्न सजिलो मार्गहरु खुल्नेछ। कार्यक्षेत्रमा कामको दबाब बढ्नुका कारण व्यक्तिगत जीवनका लागी समय निकाल्न निकै गाह्रो होला।

तुला राशि:

राहुको यस गोचर, तुला राशिको कुण्डलीको नवौं भावमा हुनेछ। यो भावले धर्म र गन्तव्य दर्शाउँदछ। यस भावमा राहुको स्थिति यस राशिका लागि अनुकूल देखिदैन। भाग्यले साथ नदिनुका साथै अपेक्षित परिणाम पनि प्राप्त नहोला। लेनदेनमा पनि घाटा उठाउने योग रहेको हुदा, लेनदेन गर्दा निकै विचार पुर्याउनुहोला। परिवारको स्वास्थ्यमा पनि ध्यान दिनुपर्ने देखिन्छ।

वृश्चिक राशि:

 यस राशिको कुण्डलीको आठौं भावमा राहुले प्रवेश गर्नेछ। जसले आयु अर्थात उमेरलाई संकेत गर्दछ। यो समय वृश्चिक राशिका व्यक्तिहरुका लागि अनुकूल देखिदैन। दुर्घटनाको योग रहेको हुदा, सवारीसाधन प्रयोग गर्दा निकै सावधानी अपनाउनुहोला। आय कम रहनेछ र खर्च बढ्नेछ। परिवारको असभ्य व्यवहारका कारण मन विचलित हुने देखिन्छ। झैँ-झगडाबाट टाढै रहनुहोला।

धनु राशि:

राहुको गोचर, धनु राशिको कुण्डलीको सातौं भावमा हुनेछ। जुन यस कुण्डलीको विवाह भाव हो। तर, यो भाव यस राशिका लागि राम्रो संकेत भने होईन। यस समयमा जीवनसाथीसँगको सम्बन्ध बिग्रन सक्ने सम्भावना देखिन्छ। यस अवस्थाबाट बच्नका लागि, आफ्नो जीवन साथीलाई कुनै पनि प्रकारको दबाब नदिनुहोला। काममा पनि अवरोध देखा पर्ला। सम्पत्तीको कारण पारिवारिक विवाद बढ्ने देखिन्छ।

मकर राशि:

राहु, यस राशिको कुण्डलीको छैठो भावमा गोचर गर्नेछ। यो भाव रोग, डर र क्षति को भाव हो। राहुको यस भावमा हुनु, निकै शुभ साबित हुनेछ। यस समयमा, राम्रो नतीजा प्राप्त हुनेछ। जीवनमा खुशी बढ्ने देखिन्छ। ऋणको  कारोबारका लागि पनि समय निकै अनुकूल देखिन्छ। पुरानो रोगहरुबाट मुक्ति मिल्नुका साथै स्वास्थ्य लाभको पनि योग रहेको छ।

कुंभ राशि:

राहुले यस राशिका कुण्डलीको पाँचौ भावमा गोचर गर्नेछ। जसलाई सन्तान र बुद्धिको भाव मानिन्छ। यस समय, आर्थिक क्षेत्रमा घाटा भोग्नुपर्ने देखिन्छ। पैसा लेनदेन वा लगानी गर्दा निकै सोच विचार गर्नुहोला। प्रेम जीवनमा पनि केहि विवादको सामना गर्नुपर्ला। परीक्षामा सफलता प्राप्त गर्न कडा परिश्रम गर्नुपर्ने देखिन्छ।

मीन राशि:

राहुको यस गोचर, मीन राशिका कुण्डलीको चौथो भावमा हुनेछ। जुन, खुशी र विकासलाई दर्शाउँदछ। राहुको यस भावमा हुनु, यस राशिका लागि पीडादायी हुन सक्छ। पारिवारिक जीवनमा पनि राहुको प्रभाव देखिने हुदा, आमाको स्वास्थ्यमा बिशेष ध्यान दिनुहोला। धेरै चुनौति र समस्याहरूको कारण, मानसिक तनाव हुन सक्ला। आय भन्दा खर्च बढी हुने देखिन्छ।

प्रकाशित : मङ्गलबार, चैत ०४, २०७६१४:१४

दुष्ट मंगल ग्रहले राशि परिवर्तन गर्दै, यी राशि माथि बर्सिन सक्छ बज्रपात !