दुष्ट मंगल ग्रहले राशि परिवर्तन गर्दै, यी राशि माथि बर्सिन सक्छ बज्रपात !

२२ मार्च आइतबारको दिन मंगल धनु राशिबाट आफ्नो उच्च राशि मकरमा प्रवेश गर्न गइरहेको छ। ४ मे २०२० सम्म मंगल मकरमानै स्थित रहनेछ। मंगल ग्रहको यस गोचर केहि राशिहरुका लागि शुभ रहनेछ भने केहीका लागि निकै अशुभ रहनेछ। आउनुहोस् सबै राशिमा यस गोचरको कस्तो प्रभाव पर्छ भन्ने बिषयमा चर्चा गरौं।

मेष राशि:

यस राशि परिवर्तन, मेष राशिका व्यक्तिहरुका लागि निकै शुभ साबित हुनेछ। ज्योतिष शास्त्रका अनुसार, मंगलको गोचरका कारण मेष राशिका व्यक्तिहरुले आफ्ना उच्च अधिकारीहरूबाट सहयोग प्राप्त गर्नेछन्। रोजगारीमा पदोन्नति हुने पनि तिब्र सम्भावना देखिन्छ। पारिवारिक आनन्दको पनि अनुभव गरिनेछ।

वृष राशि:

वृष राशिका व्याक्तिहरुका लागि यो गोचर सामान्य हुन गइरहेको छ। ज्योतिष शास्त्रका अनुसार, मंगल ग्रहको यो गोचरका कारण यस राशिका परिवारको स्वास्थ्यमा समस्या देखा पर्ने योग रहेको छ। त्यसैले, परिवारका स्वास्थ्यको विशेष ध्यान दिनुहोला। यो परिवर्तन, यात्राका लागी भने निकै शुभ साबित हुने देखिन्छ। विदेश जाने अवसर पनि प्राप्त होला।

मिथुन राशि:

मिथुन राशिका लागि भने, यस राशि परिवर्तन अशुभ रहने देखिन्छ। मंगल ग्रहको यस गोचरका कारण, यस राशिका व्यक्तिहरुले धेरै समस्याहरूको सामना गर्नुपर्नेछ। स्वास्थ्य सम्बन्धी समस्याहरूले सताउन देखिन्छ। यस समयमा मिठो व्यवहार गर्नुहोला, अन्यथा समस्याहरू अझ बढ्ने देखिन्छ।

कर्कट राशि:

कर्कट राशिमा यस गोचरको प्रभाव सामान्य रुपमा पर्नेछ। मंगलको यस गोचरका कारण, व्यवसायमा लाभ बढ्ने पूर्ण सम्भावना देखिन्छ। वैवाहिक जीवनमा भने केहि समस्याहरू देखा पर्न सक्छ। जीवनसाथीसंग साना कुरामा मनमुटाव हुने योग रहेको छ। पारिवारिक सम्बन्ध पनि खासै राम्रो हुने देखिदैन।

सिंह राशि:

मंगल ग्रहको यस गोचर, सिंह राशिका व्यक्तिहरुका लागि शुभ रहनेछ। मंगल ग्रहको गोचरका कारण,  विपक्षीहरूले हार मान्ने छन्। यदि  अदालतमा मुद्दा चलिरहेको छ भने, जित तपाईको हुने देखिन्छ। तर, रिसको कारणले समस्यामा पर्ने योग रहेको हुदा, आफ्नो रिसलाई भने नियन्त्रणमा राख्नुहोला।

कन्या राशि:

मंगलको यस गोचर कन्या राशिका व्यक्तिहरूका लागि अशुभ रहनेछ। यस समय, अधिक झगडा हुने योग रहेको छ। प्रेम जीवन र विवाहित जीवनमा पनि कैयौ समस्याहरू देखा पर्न सक्छ। आफ्नो सन्तानको चिन्ताले सताउनेछ। परिवारको स्वास्थ्यमा पनि विशेष ध्यान दिनुहोला। यात्राको लागि भने राम्रै योग रहेको देखिन्छ।

तुला राशि:

यो राशि परिवर्तन तुला राशिका लागि सामान्य हुन गइरहेको छ। यस समयमा, आमाको स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। जग्गा सम्बन्धी कामबाट लाभ उठाउन सकिनेछ। काममा उच्च अधिकारीहरुसंग झगडा हुने योग रहेको हुदा, आफ्नो रिसलाई नियन्त्रणमा राख्नुहोला। यस समय, कामलाई विशेष प्राथमिकता दिनुहोला।

वृश्चिक राशि:

वृश्चिक राशिका व्यक्तिहरुका लागि मंगलको यस गोचर निकै लाभदायक साबित हुनेछ। ज्योतिष शास्त्रका अनुसार, मंगलको गोचरका कारण यस राशिका व्यक्तिहरुको पराक्रम बढ्नेछ। आफ्नो काममा पहिलेको भन्दा कडा परिश्रम गर्नुपर्ला। पुरस्कार प्राप्त गर्ने योग रहेको छ। पारिवारिक जीवन सुखमय रहनेछ।

धनु राशि:

यस राशि परिवर्तन, धनु राशिका व्यक्तिहरुका लागि सामान्य रहने देखिन्छ।  मंगलको यस गोचरबाट, धन लाभ हुने देखिन्छ। तर, प्रेम जीवन र विवाहित जीवनका लागि भने यो समय शुभ देखिदैन। पारिवारिक संघर्षका कारण तनाव बढ्न सक्छ। यो समय, झैँ-झगडाबाट टाढै रहनुहोला।

मकर राशि:

मकर राशिका व्यक्तिहरुका लागि, यो गोचर केहि अशुभ रहने देखिन्छ। मंगल ग्रहको यस गोचरका कारण, यस राशिका व्यक्तिहरुको क्रोध बढ्ने देखिन्छ। यसले पारिवारिक जीवनमा पनि नराम्रो असर पार्नेछ। व्यवसायिक जीवनमा पनि केहि समस्याहरूको सामना गर्नुपर्ला। आफन्तसंगको सम्बन्धमा केहि खटपट देखा पर्न सक्छ।

कुम्भ राशि:

कुम्भ राशिका व्यक्तिहरुका लागि मंगलको यस गोचर केहि अशुभ हुने देखिन्छ। ज्योतिष शास्त्रका अनुसार, मंगलको यस गोचरका कारण यस राशिका व्यक्तिहरुको खर्च बढ्ने देखिन्छ। स्वास्थ्य सम्बन्धी समस्याहरूको पनि सामना गर्नुपर्ला। विवाहित जीवनमा पनि केहि समस्याहरू देखा पर्ने योग रहेको छ। यो समय खर्चमा निकै ध्यान दिनुहोला।

मीन राशि:

मंगलको यस राशि परिवर्तन, मीन राशिका लागि निकै शुभ साबित हुनेछ। यस समय निकै लाभ हुने देखिन्छ। आय बढ्नुका साथै, आर्थिक अवस्था निकै बलियो हुनेछ। कुनै नयाँ काम गर्ने सोचमा हुनुहुन्छ भने समय निकै अनुकुल रहेको छ। व्यापारिक यात्रा पनि फलदायक रहने देखिन्छ।

प्रकाशित : मङ्गलबार, चैत ०४, २०७६१४:१६

साना-साना कुरामा पनि खुशी हुन्छन् यी राशि हुनेहरु !