“जानकी मिथकीय धार्मिक पात्र हुन्, नेकपाले धार्मिक पात्रलाई काखी च्याप्नु लाजमर्दो” – बाबुराम

काठमाडौँ – समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को लज्जास्पद हर्कत गरेको आरोप लगाएका छन्।

प्रदेश–२को नाम ‘जानकी’ राख्न गरेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले प्रस्ताव गरेको प्रति टिप्पणी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराईले नेकपाक ‘कमरेड’हरुलाई लाजलाग्नु पर्ने बताएका छन्।

मिथकीय धार्मिक पात्र जानकीको नाममा प्रदेशको नामकरण गर्न एक कम्युनिष्टले प्रस्ताव गर्नु धेरैनै लज्जास्पद विषय रहेको भट्टराईको टिप्पणी छ। नेकपाको हर्कत देखेर मार्क्स-एंगेल्स-लेनिन-माओ जीवित भएको भए उनीहरुलाई पनि लाज लाग्ने उनले तर्क गरेका छन्।

भाषिक पहिचानको आधारमा प्रदेश-२ को नाम मिथिला-भोजपुरा मान्न सकिने र समग्र राष्ट्रिय/जातीय पहिचानका आधारमा मधेस ठीक हुने तर्क गर्दै उनले नेकपाले गरेको प्रस्ताव हुनै नसक्ने बताएका छन्

“नेकपा नाम गरेको दलको हर्कत देखेर मार्क्स-एंगेल्स-लेनिन-माओ जीवित भए के भन्दा हुन्?एउटा कम्युनिष्टले प्रदेशको नामाकरण कसरी कुनै मिथकीय धार्मिक पात्र जानकीको नाममा गर्न सक्छ?समग्र राष्ट्रिय/जातीय पहिचाननिम्ति मधेस ठीक हो!भाषिक पहिचाननिम्ति मिथिला-भोजपुरा सही हो!Shame on u Comrades !”,ट्वीटरमा भट्टराईको टिप्पणी छ।

प्रदेश–२ को प्रदेशसभा नाममा सहमति जुटाउन असफल भएको छ । प्रदेशको नाम जुटाउन भएको गोप्य मतदानमा परेका चार वटानै प्रस्तावले दुई तिहाई पुर्याउन सकेनन् ।

नेपाली कांग्रेसले मिथिला भोजपुरा, नेकपाले जानकी, सत्तारुढ राजपा र समाजवादीले मधेस प्रदेश तथा स्वतन्त्ररूपमा परेको मध्य प्रदेश गरी चार वटानै प्रस्तावले मंगलबार भएको मतदानमा दुई तिहाई पुर्याउन सकेनन्। प्रदेशको नामकरणलाई लिएर पुनः मतदान हुनेछ।

प्रकाशित : बुधबार, चैत ०५, २०७६०३:५८

स्वास्थ्य जाँचबिना सीमाबाट नेपाल-भारत ओहोरदोहोर गर्न रोक !