काठमाडौँ – प्रहरीले फेरी ठूलो मात्रामा सर्जिकल मास्क बरामद गरेको छ। प्रहरीले राजधानीबाट करिब १० लाख सर्जिकल मास्क बरामद गरेको हो।
कोरोना भाइरसको त्रास बढिरहेका बेला राजधानीको सानो भर्यााङबाट १० लाख मास्क बरामद गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।
कोरोना भाइरसको आतंकका बीच मास्कमा कालोबजारी हुने गरेको गुनासो बढेसँगै सक्रिय भएर अनुगमन गर्ने क्रममा करिब १० लाख सर्जिकल मास्क फेला परेको बताइएको छ।
उक्त परिमाणको मास्क महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले बुधबार राजधानीको सानो भर्यााङबाट नियन्त्रणमा लिएको हो। यस्तै प्रहरीले एक व्यक्तिलाई पक्राउ पनि गरेको छ। पक्राउ पर्नेमा गोरखाका युवराज न्यौपाने रहेका छन्।
कोरोना भाइरसको त्रास बढेसँगै बजारमा मास्कको कालोबजारी हुन थालेपछि प्रहरीले गत हप्ता देखि अनुगमन गर्दै आएको छ। केहि दिन अगाडी मात्रै प्रहरीले काठमाडौँको विभिन्न स्थानबाट १० लाख भन्दा मास्क नियन्त्रणमा लिएको थियो।
नियन्त्रणमा लिइएको उक्त मास्क बजार भाउ अनुसार बिक्रि गर्न प्रहरीलाई महान्यायाधीवक्ताको कार्यालयले अनुमति दिसकेको छ। मुलुकी फौजदारी कार्यविधि संहिता २०७५ को दफा २७ अनुसार बरामद भएको मास्क साझा स्वास्थ संस्था र त्यही प्रकृतिको अन्य सार्वजनिक संस्थाबाट बिक्री गर्न महान्यायाधीवक्ताको कार्यालयले निर्देशन प्रहरीले पाइसकेको छ।