प्रचण्डलाई जुत्ता हान्ने तिरुवा धरौटीमा छुटे !

काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्र-हार गर्ने रतन तिरुवा रिहा भएका छन्। तिरुवा बुधबार धरौटीमा रिहा भएका हुन्।

गत फागुन १८ गते काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्ड माथि उनले जुत्ता प्र-हार गरेका थिए। यधपी उनले प्र-हार गरेको जुत्ता भने प्रचण्डलाई लागेको थिएन।

तिरुवालाई काठमाडौं जिल्ला प्रशासन कार्यालयले पाँच सय धरौटीमा छाड्न आदेश दिएको हो। तिरुवाको जिम्मा पत्रकार जन्मदेव जैशीले लिएको बताइएको छ।

तीन दिनसम्म अन्धकार बन्दै कालीकोट

जिल्लाको एकमात्र लघुजलविद्युत् आयोजना तीन दिनसम्म बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण कालीकोटले एक सूचना प्रकाशन गरी तीन दिनसम्म विद्युत् बन्द हुने जानकारी दिएको छ । पटक–पटक विद्युत् पावर हाउसमा आउने समस्याले जिल्लावासी अन्धकारमा बस्नु परेको छ । बत्तीस वर्षअगाडि सञ्चालनमा आएको उक्त आयोजनाले कालीकोटका रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र खाँडाचक्र नगरपालिकाका करीब दुई हजार ६०० सेवाग्राहीलाई सेवा दिँदै आएको छ ।

नेपाल विद्युत् प्राधिकरण कालीकोटका प्रमुख मेगराज जोशीका अनुसार पोतमारा लघुजलविद्युत् आयोजनाको क्षमता ५०० किलोवाट रहे तापनि हाल मेशिनमा देखिएको खराबीका कारण १८० किलोवाट क्षमताको भोल्टेज सेवाग्राहीको प्रयोगमा रहेको बताए। “प्यानलमा देखिएको समस्याका कारण तीन दिनसम्म बत्ती नआउने भएको हा”, उनले भने, “बत्ती नहुँदा जिल्लास्थित उद्योगी, व्यापारी, सञ्चारमाध्यमलगायत विद्युतीय उपकरणमा ठूलो समस्या देखिने गरेको छ ।”

बत्ती आउने–जाने कारणले विद्युतीय उपकरणहरू पड्किने बिग्रनेलगायत थुप्रै समस्याले सेवाग्राही हैरान भएका छन् । विद्युत् लाइन आउने निश्चित समय तालिका लागू गर्नुपर्ने यहाँका नागरिकको गुनासो छ । प्रदेशसभा सदस्य कुर्मराज शाहीले राष्ट्रिय प्रसारण लाइन नआएसम्म कालीकोटका नागरिकले सोचेबमोजिम विद्युततीय पावर प्रयोग गर्न नसक्ने बताए। राष्ट्रिय प्रसारण लाइनका लागि लाइन तान्ने काम लगभग सकिनै लागेको र अबको केही महिनामै राष्ट्रिय प्रसारण लाइन कालीकोटवासीले बाल्न पाउने उनको भनाइ थियो ।

प्रकाशित : बुधबार, चैत ०५, २०७६१३:१३

कालीकोट तीन दिनसम्म अन्धकार हुने !