हिन्दू धर्ममा यमराजलाई काल देवता मानिन्छ । थुप्रै प्राचीन ग्रन्थहरुमा पनि यसको उल्लेख गरिएको छ । यमराज कहाँ बस्छन् भनेर कसैलाई थाहा त छैन, तर पृथ्वीमा यस्तो ठाउँ छ जहाँ एक रहस्यमय ढोका छ, जसलाई ‘यम द्वार ‘ अर्थात् यमराजको घर प्रवेश गर्ने द्वार भनेर पनि चिनिन्छ । यो प्रवेश द्वार पवित्र कैलाश पर्वतको बाटोमा पर्छ । त्यहि पर्वत कैलाश, जसको रहस्य अहिले सम्म पनि सुल्झिएको छैन। यस पहाडलाई भगवान शिवको वासस्थान पनि मानिन्छ।
यम द्वार करिब १५,५०० फिटको उचाईमा तिब्बतको गाउँ दार्चेनबाट १५ किलोमिटर टाढा अवस्थित छ। यो कैलाश पर्वतको परिक्रमा यात्राको सुरूवाती बिन्दु हो। तिब्बतका मानिसहरूले यस ठाउँलाई ‘चोरटेन कांग नाग्यी’ भन्छन् , जसको अर्थ हो ‘दुई खुट्टे स्तूपा’।
यो विश्वास गरिन्छ कि यम द्वार भित्र रातमा जो बस्छ ती मध्ये आजसम्म कुनै पनि मानिस जीवित फर्केका छैनन् । भनिन्छ कि यस्ता थुप्रै घटनाहरू त्यहाँ भइसकेका छन् तर उनीहरु जीवित नफर्कनुको कारण भने आजसम्म पत्ता लाग्न सकेको छैन। यस द्वार कसले र कहिले बनायो भनेर कसैलाई पनि थाहा छैन। यसको निर्माण सम्बन्धि धेरै अनुसन्धान भइसकेका छन्, तर केहि पनि पत्ता लागेको छैन।
भनिन्छ कि तिब्बतीहरूले आफ्नो शरीरको कपाल यम द्वारमा अर्पण गर्छन्। तिनीहरू यसलाई आत्म-त्यागको प्रतीकको रूपमा लिन्छन्। यस्तै, बौद्ध लामाहरू यहाँ आएर मुक्तिका लागि प्रार्थना गर्छन्। कहिलेकाँही बिरामी लामाहरू जीवनकालपछि मुक्ति पाउँनको लागि आफ्नो जीवनको अन्तिम पल बिताउँन त्यहाँ जान्छन्।
प्राचीन काल देखि यो मान्यता छ कि यम द्वारको परिक्रमा गर्नु कैलाश यात्रा पूरा गरे जस्तो मानिन्छ। यस बाहेक, यो पनि भनिन्छ कि यम द्वारको परिक्रमा गर्नाले स्वर्गवास हुन्छ। यस्तै, यो पनि विश्वास गरिन्छ कि यदि तपाईं यम ढोकाबाट जानुहुन्छ भने चित्रगुप्तले एक पुस्तकको सहायताले तपाईंको सबै दुष्कर्महरू न्याय गर्नुहुन्छ ।