ताजा भन्दा बासि खाँदा बढि स्वादिष्ट हुन्छन् यी पाँच खानेकुरा…

सबैलाई ताजा र तातो खाना खान मन पर्छ। ताजा खाना स्वादिष्ट र स्वस्थ हुन्छ। ताजा खानेकुरा खाँनाले हाम्रो शरीरले सबै प्रकारका पोषक तत्वहरू प्राप्त गर्छ। तर केहि खानाहरू यस्ता पनि हुन्छन् जुन खान बासी वा भोलिपल्ट खादा धेरै स्वादिष्ट लाग्न सक्छ।

धेरै जसो व्यक्तिहरू यी खानाहरू बासी बनाएर खान रुचाउँछन् जसको स्वाद ताजा भन्दा बासी हुँदा स्वादिष्ट आउँछ। जाडोमा, प्राय: मानिसहरूलाई दैनिक खाना पकाउँन मन लाग्दैन, त्यसैले केही खाद्य पदार्थहरू छन् जुन तपाइँ एक दिन सम्म राख्न सक्नुहुन्छ। बासी पछि पनि यी खानाको स्वाद स्वादिष्ट हुन्छ।

साग 

रायोको साग नेपालमा धेरै लोकप्रिय छ। विशेष गरी जाडोमा मानिसहरु रायोको साग खान मन पराउँछन् । यो साग ताजा त स्वादिष्ट हुन्छ नै बासी गरेर खाँदा झन् स्वादिष्ट हुन्छ । एक चम्चा घिउ सागमा मिसाएर मकैको ढिडोसंग खाँदा एकदम स्वादिलो हुन्छ।

शाही पनीर 

 पनीरको नाम सुन्दा पनि प्राय: मानिसको मुखमा पानि आउँछ। शाही पनीर टमाटर, काजू र विभिन्न मसलाहरू राखेर बनाईन्छ। शाही पनीर तातोतातो खाँदा निकै स्वादिष्ट हुन्छ तर अर्को दिन परौठासँग शाही पनीर खान झन् स्वादिष्ट हुन्छ ।

राजमा 

नेपालमा मानिसहरू सादा वा जीरा मसिन चामलको भात अथवा पुलाउसँग राजमा खान मन पराउँछन्। तर के तपाइँलाई थाहा छ राजमाको स्वाद ताजा भन्दा बासी भएपछि झन् स्वादिष्ट हुन्छ। यदि तपाईंले पकाएको भोलिपल्ट राज्मा खानुभयो भने, यसको स्वाद पहिले भन्दा मिठो हुन्छ ।

गाँजरको हलुवा 

विशेष गरी मानिसहरु जाडो समयमा गाँजरको हलवा खान्छन् । गाँजर हलवा धेरै दिनसम्म  फ्रिजमा पनि राख्न सकिन्छ। गाँजरको हलवा घिउ, बदाम, दूध र गाँजरबाट बनाईन्छ। यो ताजा खाँदा स्वादिलो लाग्छ, तर फ्रिजमा राखिएको गाँजरको हवाला अर्को दिन खान अझ स्वादिष्ट हुन्छ।

करी 

धेरै व्यक्तिहरू ताजा भन्दा बसी  कारी खान मन पराउँछन् । मानिसहरु आफैं भन्छन् कि ताजा कारीको स्वाद भन्दा बासीको बढी आउँछ। करीमा धेरै प्रकारका मसलाहरू रहेर तयार परिन्छ ।

प्रकाशित : बिहिबार, चैत ०६, २०७६१३:४१

पिस्ता खानुका फाइदै-फाइदा: दैनिक खाँदा हटेर जान्छन् यस्ता गम्भीर रोग पनि !