३० वर्षको उमेर पछि सकेसम्म नगर्नुस् अनुहार बिगार्ने यस्ता काम !

बढ्दो उमेरसँगै छालाको समस्याहरु पनि बढ्न थाल्छ। बढ्दो उमेरको प्रभाव प्राय: अनुहारमा प्रस्टै देखिने गर्दछ। जुनसुकै उमेरका व्यक्तिहरुले आफ्नो छालाको हेरचाह गर्नुपर्छ। तर, बढ्दो उमेरमा, छालाको हेरचाह गर्न अझ महत्त्वपूर्ण हुन्छ। २० बर्षको उमेरमा, हाम्रो छाला प्राकृतिक रुपमा कडा हुन्छ जसको कारण छाला जवान रहन्छ। तर, ३० बर्षको उमेरपछी, अनुहारमा विभिन्न रेखाहरु देखा पर्न थाल्छ।

३० वर्षको उमेरमा, आँखाको मुनि कालो घेरा र अनुहारमा चाउरी पर्न सुरु हुन्छ। व्यस्त जीवनशैली, खाना र प्रदूषणको कारण, उमेर भन्दा पहिलेनै छालामा चाउरीपन देखिन थाल्छ, जसको कारणले मानिसहरु कम उमेरमानै बूढी देखिन्छन्। यस्तो अवस्थामा, छालाको हेरचाह गर्ने बानीमा केही परिवर्तन गर्न आवश्यक हुन्छ। आज हामी आफ्नो छालाको कसरी हेरचाह गर्ने भन्ने विषयमा चर्चा गर्नेछौ।

रासायनिक ‘स्किन टोनर’

‘स्किन टोनर’ छालाको हेरचाहका लागि निकै महत्त्वपूर्ण हुन्छ। विशेष गरी प्रदूषणमा, अनुहार सफा राख्न टोनरको प्रयोग गरिन्छ। तर, बजारमा पाइने टोनरमा रासायनहरुको अधिक मिसावट गरिएको हुन्छ। यस्ता टोनरको अधिक प्रयोगले फाइदाको सट्टा नोक्सान गर्न थाल्दछ। यस्तो अवस्थामा, यदि तपाई आफुलाई लामो समयसम्म जवान देख्न चाहानुहुन्छ भने रसायन मिसाएको टोनरको प्रयोग नगर्नुहोला। टोनरको सट्टा गुलाब जलको प्रयोग गर्न सक्नुहुनेछ। गुलाब जलमा रसायन पदार्थ मिसाएको हुदैन। गुलाब जलले छाला नरम र जवान बनाउन मदत गर्दछ। साथै, गुलाब जलले अनुहार उज्यालो बनाउँदछ।

‘सनस्क्रीन’को प्रयोग

घामले हाम्रो छालालाई ठूलो क्षति पुर्‍याउँदछ। घाममा लामो समयसम्म बसिरहदा, छाला कालो हुनुका साथै चाउरी समेत पर्ने गर्दछ। त्यस कारण, घाममा जानु अघि सनस्क्रीनको प्रयोग गर्न आवश्यक हुन्छ। केही महिलाहरू आफ्नो छालाको हेरचाह प्रति निकै लापरवाह गर्छन्। घाममा जानुअघि सनस्क्रीन प्रयोग नगर्नु हाम्रो छालाका लागि निकै हानिकारक हुन सक्छ। त्यसैले, घाममा निक्लिनु अघि सनस्क्रीनको प्रयोग गर्नुपर्दछ।

सौन्दर्य सामग्रीको प्रयोग

सायद तपाईहरु सबैलाई थाहा होला, सौन्दर्य सामग्रीहरू छालाको अनुसार प्रयोग गरिन्छ। सुक्खा छालाका लागि बिभिन्न सौन्दर्य सामग्रीहरू हुन्छ भने, चिल्लो छालाका लागि भिन्नै सौन्दर्यको सामग्रीहरू हुने गर्दछ।  सौन्दर्य सामग्रीहरू उमेर अनुसार आउने गर्दछ। यदि तपाई ३० वर्ष पुगी सक्दा पनि, २० वर्षका केटा- केटिले प्रयोग गर्ने सौन्दर्यको सामग्रीहरु प्रयोग गरिरहनु भएको छ भने, तपाईको छालामा नराम्रो असर पर्न सक्छ। आफ्नो उमेर अनुसारनै सौन्दर्य सामग्रीको प्रयोग गर्दा, छालाका लागि उचित रहन्छ।

धेरै पानी पिउनुहोस्

पानी शरीरका लागि निकै महत्त्वपूर्ण हुन्छ। पानी शरीरका लागि मात्र नभई छालाका लागि पनि निकै महत्त्वपूर्ण हुन्छ। पानी पिउने बानीलाई बेवास्ता गर्नु हुँदैन। २० वर्षको उमेरमा पानी सहि मात्रामा नपिउदा खासै त्यति धेरै समस्याहरु नदेखिएता पनि ३० बर्षको उमेरमा पानी पिउनु, छालाका लागि निकै महत्वपूर्ण हुन्छ। ३० वर्ष पुगिसकेका मानिसहरुले दिनमा कम्तीमा पनि ५ देखि ६ गिलास पानी पिउनु पर्दछ। पानी पिउँदा छाला ‘हाइड्रेटेड’ र चम्किलो रहन्छ।

पर्याप्त निद्रा

३० वर्षको उमेरमा जिम्मेवारी पनि बढिसकेको हुन्छ। कैयौं पटक महिला कार्यालय र घरको कामका कारण निद्रा पुरा गर्न पाउदैनन् । पर्याप्त निद्रा नपुगेका कारण, उनीहरूको छालामा नराम्रो प्रभावहरू देखा पर्न थाल्छ। निन्द्राको अभावले अनुहारको छालामा विभिन्न किसिमको समस्याहरु देखा पर्न सुरु हुन्छ। ३० बर्ष पुगेपछी, कम्तिमा पनि ८ घण्टा सुत्नुपर्दछ। निन्द्रामा कुनै सम्झौता गर्नुहुँदैन।

प्रकाशित : शनिबार, मङि्सर ०६, २०७७२०:२९

यी तरकारीमा पाइन्छ मासुमा भन्दा धेरै गुणा प्रोटिन, स्वास्थ्यको लागि हुन्छ धेरै फाइदाजनक !