७२ घण्टामै तयार भयो ‘कोरोना संक्रमित’को लागि विशेष अस्पताल ! [तस्विर सहित]

काठमाडौँ – चितवनको भरतपुर महानगरपालिकाले कोरोना भाइरस संक्रमितको उपचार गर्न कोरोना विशेष अस्पताल तयार पारेको छ।

महानगरपालिकाले ७२ घण्टामै भरतपुर महानगरपालिका–१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा भरतपुर कोरोना विशेष अस्पताल तयार पारेको हो। भरतपुर महानगरको अगुवाइमा ७० श्ययाको अस्पताल तत्काल निर्माण गर्ने निर्णय भएको ७२ घण्टामै अस्पताल तयार भएको बताइएको छ।

भरतपुर महानगरको अगुवाइमा मंगलबार सम्पन्न सरोकारवालाको बैठकले ७० श्ययाको अस्पताल तत्काल निर्माण गर्ने निर्णय गरेको थियो। जसको ७२ घण्टामै कोरोना विशेष अस्पताल तयार पारिएको हो।

७२ घण्टामा तयार उक्त अस्पताललाई शुक्रबारदेखि औपचारिक सञ्चालन गरिने योजना रहेको महानगरपालिकाले जनाएको छ। अस्पताललाई ‘भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल’ नामाकरण गरिएको छ।

अस्पतालमा १० बेडको आईसीयु कक्ष छ, विशेष सुविधासहितको थप १० बेड छ र ५० बेडसहितको जनरल वार्ड पनि रहेको महानगरपालिकाले जनाएको छ।

प्रकाशित : बिहिबार, चैत ०६, २०७६१२:१२

मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिकस्थलमा पनि २५ जनाभन्दा भेला हुन नपाइने !