घरमा राखिएको मनी प्लान्टमा शुक्रबार यसरी बाध्नुहोस रातो धागो, हुनेछ लक्ष्मीको बास!

हामि प्राय: सबै मानिसको घरमा मनी प्लान्टको बोट देख्न सक्छौ। मान्यता अनुसार जसको घरमा यसको बिरुवा हुन्छ त्यसको घरमा धनसँग सम्बन्धित समस्या हुदैन। तर कैयौँ पटक घरमा मनी प्लान्ट भएर पनि धनसँग सम्बन्धित समस्या हुन्छ। कहिले-काहिँ घरमा मनी प्लान्ट भएर पनि धनसँग सम्बन्धित समस्या हुन्छ। जन्नुहोस कस्तो घरमा मनी प्लान्ट भए पनि समस्या हुन्छ।

मानिन्छ कि जुन घरमा मनी प्लान्टको बिरुवा जति लामो हुन्छ त्यति नै धन आउछ। तर हामीले मनी प्लान्ट लगाउनु भन्दा पहिला केहि कुराको ध्यान दिनुपर्छ। यसलाई  राख्ने ठाउँसफा  चाहिन्छ। मान्यता अनुसार शुक्रबारको दिन मनी  प्लान्ट  माथि रातो रङको धागो र रिबन बाध्नु  राम्रो मानिन्छ। वास्तवमा रातो रङ प्रेम, स्नेह र उन्नतिको  प्रतिक मानिन्छ। त्यसैले रातो रिबनले बिरुवा बाध्नाले घरमा सकरात्मकता छाउने मानिन्छ । यस सकारात्मकको कारण घरमा लक्ष्मीको प्रवेश हुने मान्यता रहेको छ। मनि प्लान्टमा यसरी बाध्नुहोस रातो रङको धागो।

– शुक्रबारको दिन बिहान उठेर नुहाई धुवाई गरी लक्ष्मीको पूजा गर्ने।

– त्यसको अगाडी दियो बाल्ने।

-रातो रङको धागो वा रिबनलाई लक्ष्मीको खुट्टामा राख्ने।

– फेरि लक्ष्मीलाई आरती गर्ने।

–  लक्ष्मी मातालाई  ध्यान गरेर मनी प्लान्टको जरालाई चारैतिर बाध्ने। यसलाई बाधेपछि केहि दिनपछि मनी प्लान्ट बढ्छ। घरमा लक्ष्मीको प्रवेश हुन्छ र धनको बर्सात हुन्छ।

प्रकाशित : बिहिबार, चैत ०६, २०७६१३:२४

राशि अनुसार चुन्नुहोस् यस्तो पेशा, कदम-कदममा मिल्नेछ सफलता !