हरिया सागपात तथा फलफुलको सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक छ। तर आजभोली नया प्रणाली र बिकासको कारणले प्राकृतिक खानेकुरा भन्दा रेडी मेड खानाको अत्यधिक सेवन हुने गरेको छ जसको सेवन स्वास्थ्यका लागि हानिकारक छ।
आजभोलिको ब्यस्त जीवनशैलीका कारण खानपानमा ध्यान नदिनाले अनावश्यक वजन बढ्ने समस्या आमजनमा मौलाऊदै गईरहेको अवस्था छ जुन समस्याका बाबजुत आज हामी यस्ता फलको बारेमा कुरा गर्न जादै छौं जसको सेवनले अनावश्यक तौल नियन्त्रण गर्नका साथै त्वाचाका लागि पनि प्रभावकारी रहेको छ।
स्याउ
नियमित रुपमा स्याउको सेवन गर्नु विभिन्न स्वास्थ्य सम्बन्धी समस्याबाट छुटकारा पाउनु हो।स्याउमा शरीरलाई आवस्यक पर्ने बिभिन्न पौष्टिक तत्व प्रसस्त मात्रामा पाइन्छ। यसमा क्यालोरीको मात्रा कम र फाइबरको मात्रा प्रसस्त हुने भएकाले जसको सेवनले अनावश्यक तौल नियन्त्रण गर्नमा बिशेष भूमिका निर्वाह गर्दछ।
एक अध्ययनका अनुसार नियमित स्याउको सेवन वजन कम गर्न मात्र नभई त्वचाको लागि समेत प्रभावकारी रहेको छ। भनाइ अनुसार स्याउको सहि तरिकाले प्रयोग गर्नाले अनावश्यक दाग , धब्बा , डार्क सर्कल तथा छाला चाउरिने समस्याबाट तुरुन्तै निजात पाउन सकिन्छ।
सुन्तला
प्रसस्त मात्रामा सुन्तलाको सेवनले शरीरलाई आवश्यक पर्ने क्यालोरीको मात्रामा वृद्धि हुन्छन। साथमा सुन्तलाको जुसमा अत्याधिक मात्रामा क्यालोरी हुने भएकाले यसले अनावश्यक वजन घटाउन महत्वपुर्ण भूमिका निर्वाह गर्दछ।
साथै सुन्तला स्किनको लागि समेत प्रभावकारी साबित हुन सक्छ। अनुहारमा आएका काला दाग धब्बाका लागि सुन्तलाको जुस लगाएको करिब १० मिनेट पश्चात धुने गर्नाले फाइदा हुने देखिन्छ।
तर्बुजा
तर्बुजा स्वास्थ्यवर्द्धक फल हो। बिशेष गरि गर्मीको समयमा यसको सेवन अत्यन्तै लाभदायक हुने गर्दछ। एउटा तर्बुजामा लगभग ६६ प्रतिशत पानीको मात्रा हुन्छ। जसको सेवनले अनावश्यक मोटोपन नियन्त्रण हुनका साथै विभिन्न स्वास्थ्यसम्बन्धी समस्याबाट समेत मुक्ति पाउन सकिन्छ।
किवी
किवीमा विटामिन सी, विटामिन ई, फोलेट, फाइबर जस्ता शरीरलाई आवश्यक पर्ने तत्व प्रसस्त मात्रामा पाइन्छ। जसले अनावश्यक तौल नियन्त्रण गर्नमा बिशेष भूमिका निर्वाह गर्दछ। साथमा किवीको प्रयोगले पाचन प्रक्रियामा सुधार हुनका साथै भोक समेत नियन्त्रण गर्न मदत गर्दछ।