अब मिर्गाैला पिडितलाई निःशुल्क यातायात सेवा

जिल्लाका दुई पालिकाले मिर्गाैलाको डायलोसिस गर्नुपर्ने बिरामीका लागि निःशुल्क अस्पताल लैजाने ल्याउने व्यवस्था मिलाएका छन् ।

मुटुरोगका साथै डायलोसिस गर्नुपर्ने बिरामीका लागि लकडाउन कारण यातायात सञ्चालन नहुँदा उपचारमा जान समस्या हुने भएकाले पोखरासम्म लाने र ल्याउने व्यवस्था मिलाइएको ती पालिकाले जनाएका छन् ।

पुतलीबजार नगरपालिकाका नगरप्रमुख सीमाकुमारी क्षेत्रीले लकडाउनका कारण बेलाबेलामा डायालोसिस गर्नुपर्ने बिरामीलाई समस्या नहोस् भनेर नगरपालिकाले एउटा छुट्टै सवारी साधनको ब्यवस्था गरेको बताए।

फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले पालिकाका दीर्घरोगी एवं नियमित औषधि सेवन गर्नुपर्ने खालका बिरामीका लागि गाउँपालिका आफैँले आषधि वितरण गरेको बताउँदै डाइलासिस गर्नुपर्ने बिरामीका लागि पनि विशेष सवारी साधनको व्यवस्था गरी अस्पताल लाने ल्याउने गरिने जानकारी दिए।

प्रकाशित : शनिबार, चैत २२, २०७६०३:४४

क्युङ गाउँमा सकियो खाद्यान्नः पाँच परिवार भोकै