तपाईले पक्कै पनि सुन्दा अचम्म लाग्ने अनौठो रेस्टुरेन्टको बारेमा सुन्नु भएकै होला, कतै जेल जस्तो बनाईएको रेस्टुरेन्ट त पानीमुनि बनाईएको रेस्टुरेन्टमा मानिसहरु डिनरका लागि जाने गर्छन। तर आज हामी बाहेक एक यस्तो रेस्टुरेन्टको बारेमा कुरा जादैछौं जुन रेस्टुरेन्टमा इशारै इशारामा खानेकुराको अर्डर गर्ने गरिन्छ।
यो फरक खालको रेस्टुरेन्ट चीनको ग्वांगझूमा अवस्थित रहेको छ। यसलाई स्टारबक्सले स्थापना गरेका हुन्। यस रेस्टुरेन्टलाई साईलेन्ट क्याफे नाम दिइएको छ। यो रेस्टुरेन्ट चीनको मात्र नभई पुरा दुनियाको एक यस्तो रेस्टुरेन्ट हो जहाँ बिना बोलेर नै खानाको अर्डर गर्ने गरिन्छ। यहाँ जे कुरा मगाउन पर्ने हो सो कुरालाई हातको इशाराले या मेन्यु कार्डको नम्बर देखाएर गर्ने गरिन्छ।
यस रेस्टुरेन्टमा ग्राहकका लागि यस्तो सुबिधा पनि दिइएको छ कि जहाँ ग्राहकको कुरा कर्मचारीले नबुझेको खण्डमा नोटप्याडमा लेखेर दिने गरिन्छ। साथै यस रेस्टुरेन्टमा ग्राहक र कर्मचारीका बिचमा डिजिटल संचारको सुबिधा पनि दिइएको छ। यति मात्र नभई यस रेस्टुरेन्टको ढोकामा सांकेतिक भाषाको चिन्ह पनि बनाएर राखिएको छ। ताकी ग्राहकले बोलेको कुरा सजिलैसंग बुझ्न सकियोस। यस रेस्टुरेन्ट खोल्नुका मुख्य उदेश्य बिना बोलेर र सुनेर नै मानिसको भाषा बुझ्न उत्प्रेरित गर्नु हो।
यस रेस्टुरेन्टमा हाल ३० कर्मचारी कार्यरत रहेका छन। जसमध्ये १४ कर्मचारीले भने सुन्न सक्दैनन। यो बिशेषगरि सुन्न नसक्नेहरुका लागि खोलिएको रेस्टुरेन्ट हो।