रोनाल्डो र डि लिग्ट युभेन्टसमा रहने-नरहने बारे टुङ्गो लाग्यो !

एजेन्सी – इटालियन क्लब युभेन्टसका प्रशिक्षक मौरिसियो सार्रीले आफ्ना दुई स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र म्याथिज डि लिग्ट क्लबमै रहने बताएका छन् । पछिल्लो समय रोनाल्डो र डि लिग्टले क्लब छाड्ने विषयले सञ्चारमाध्यममा स्थान बनाएको थियो ।

क्लबका प्रशिक्षक सार्रीले रोनाल्डो र डि लिग्ट दुवै शतप्रतिशत क्लबमै रहने बताएका हुन् । ‘फरवार्ड रोनाल्डो र डिफेन्डर डि लिग्ट र कप्तान जिर्जियो चिलियानी युभेन्टसमै रहने छ । उनीहरु बिक्रीमा नरहेको र कुनै पनि मुल्यमा बिक्री हुनेछैन । उनीहरु हर्काे सिजन पनि क्लबमै रहनेछ ।’ प्रशिक्षक सार्रीले भने ।

प्रशिक्षक सार्रीले आवश्यकता अनुसार मिरालेम प्यानिच, ड्यानिय रुगानी र माटिया डि स्केल्जोको भने अर्काे सिजन क्लबमा रहनेमा सम्भावना न्युन रहेको बताएका छन् । कोरोना भाइरसको महामारीको कारण हुन सक्ने आर्थिक संकटलाई ध्यानमा राख्दै युभेन्टसले रोनाल्डो बेच्ने तयारी गरिरहेको समाचारले सञ्चार माध्यममा स्थन बनाएको थियो । यस्तै डि लिग्टपनि इंग्लिस प्रिमियर लिगका क्लबसँग जोडिएको थियो ।

कोरोनाका कारण अहिले विश्व खेलकुद गतिविधि ठप्प छ । यो सिजनको क्लब फुटबलहरु सुचारु हुने अवस्था बनिसकेको छैन । यद्यपि केहि क्लबले भने सानो समूह बनाएर भएपनि प्रशिक्षण भने सुचारु गरेका छन् ।

प्रकाशित : शुक्रबार, चैत २८, २०७६१२:५२

रोनाल्डो रियल फर्किए कुनै अचम्म हुनेछैन