काठमाडौँ – पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफू अनैतिक र भ्रष्ट नभएको दावी गरेका छन्।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन प्रकरणमा मुछिएपछि राजीनामा दिएका बाँस्कोटाले शनिबार एक ट्वीट गर्दै आफू अनैतिक र भ्रष्ट नभएको दावी गरेका हुन्।
कसैले प्रश्न उठाएकै भरमा आफूलाई अनैतिक र भ्रष्ट भन्न नमिल्ने उनको तर्क छ। ट्वीटमा उनले आफू माथि प्रश्न उठ्ने बितिकै राजिनामा दिएको समेत उल्लेख गरेका छन्।
सिंहदरवार जल्नासाथ कृतिनिधी बिष्ट र रगंशालामा दुर्घटना हुनासाथ केशरबहादुर बिष्टले राजीनामा दिए बाहेक कस्ले मैले जसरी राजीनामा दिएका छन? भन्ने उनको प्रश्न पनि छ।
“एक जनाले मात्र प्रश्नखडा गर्नासाथ राज्यसंयन्त्रहरुलाई छनविन गर्न सहयाेग पुगाेस भनेर राजीनामा दिएँ।सिंहदरवार जल्नासाथ कृतिनिधी बिष्ट र रगंशालामा दुर्घटना हुनासाथ केशरबहादुर बिष्टले राजीनामा दिए बाहेक कस्ले मैले जसरी राजीनामा दिएका छन?अझ म अनैतिक र भ्रष्ट?बात गर्छन!”,उनको ट्वीटमा भनिएको छ।
एक जनाले मात्र प्रश्नखडा गर्नासाथ राज्यसंयन्त्रहरुलाई छनविन गर्न सहयाेग पुगाेस भनेर राजीनामा दिएँ।सिंहदरवार जल्नासाथ कृतिनिधी बिष्ट र रगंशालामा दुर्घटना हुनासाथ केशरबहादुर बिष्टले राजीनामा दिए बाहेक कस्ले मैले जसरी राजीनामा दिएका छन?अझ म अनैतिक र भ्रष्ट?बात गर्छन!
— Gokul Prasad Baskota (@GokulPBaskota) April 11, 2020
यस्तै बाँस्कोटाले छानबिनका लागि मार्गप्रसस्थ गर्न आफूले राजिनामा दिसकेको हुँदा चुप बस्ने कुरै नआउने पनि बताएका छन्। छानबिन चलेकैबेला कसैकाे मिथ्या आराेपलाई आफूले मान्नु पर्छ भन्ने नहुने उनको तर्क छ।
“छनबिन चलेकैबेला कसैकाे मिथ्या आराेपमा मैले ल्याप्चेलाई दिनु पर्ने?घसिदिएकाे विष लाग्दैन,जिऊचिलाउने मात्र हाे।लाग्न त पिउनु पर्छ,प्रियजन हाे।”,उनले लेखेका छन्।
पदमा टाँसिएर छनबिनमा काँडेतार हालेर लाै देखा पाईन हेराै भनेकाे भए पाे मुखमा रुमाल काेचेर बस्नु।छनबिन चलेकैबेला कसैकाे मिथ्या आराेपमा मैले ल्याप्चेलाई दिनु पर्ने?घसिदिएकाे विष लाग्दैन,जिऊचिलाउने मात्र हाे।लाग्न त पिउनु पर्छ,प्रियजन हाे।
— Gokul Prasad Baskota (@GokulPBaskota) April 11, 2020