रसुवालाई चीनको थप सहयोग !

रसुवा- कोभिड–१९ नियन्त्रणमा सहयोग पुयाउन रसुवा जिल्लालाई चीनको जिलोङ काउन्टीले स्वास्थ्य तथा सुरक्षा सामग्री प्रदान गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार मित्र राष्ट्र चीनको तिब्बतस्थित जिलोङ काउन्टीले रसुवामा काम गर्ने स्वास्थ्यकर्मी र नेपाल प्रहरीका लागि केही थप सामग्री प्रदान गरेको हो ।

प्रदान गरिएका सामग्रीमा १०५ थान पिपिई, ३० थान जुत्ता, ४८ थान मेगाफोन (सानो माइक), पाँच हजार थान हर्बल, १५ लिटर औषधि, पाँच थान प्रोटेक्सन फेस (हेलमेट जस्तै स्वास्थ्यकर्मीले लगाउने) र १८ थान नाइट यासल (सानो टच) रहेको विपद् व्यवस्थापन समितिले जनाएको छ ।
यसै गरी रसुवामा कार्यरत प्रहरीका लागि ३० थान आर्माेर गियर( प्रहरीले छातीमा लगाउने) र १०५ प्रोटेक्सन हेलमेट दिइएको छ । यसअघि पनि चीनले स्वास्थ्य सामग्री प्रदान गरिसकेको छ । चीनको जिलोङ काउन्टी एवं नेपालको रसुवा जिल्ला छिमेकी भएको र मित्रता अत्यन्तै राम्रो रहेको बताउँदै प्रजिअ भण्डारीले विपद्का समयमा सहयोग गर्ने चिनियाँलाई धन्यवाद दिनुभयो ।

प्रकाशित : शनिबार, चैत २९, २०७६१५:२२

भारतबाट कोरोना भित्रिने खतरा बढ्यो, १५ सय भन्दा बढी सशस्त्र प्रहरी थपिए !