भारतबाट कोरोना भित्रिने खतरा बढ्यो, १५ सय भन्दा बढी सशस्त्र प्रहरी थपिए !

काठमाडौँ – भारतबाट कोरोना भाइरस संक्रमणको जोखिम भएसँगै सशस्त्र प्रहरीले सीमा क्षेत्रलाई प्राथमिकतामा राखेर जनशक्ति खटाएको छ।

कोरोना भाइरसका कारण अहिले भारत र नेपाल दुवै देशमा लकडाउन छ। यधपी भारतबाट नेपाल प्रवेश गर्ने क्रम भने रोकिएको छैन। केहि दिन यता पनि त्यो क्रमको अन्त्य भएको छैन। नेपाल प्रवेश गर्नेहरु फेला परे पछि सशस्त्र प्रहरीले सीमा क्षेत्रलाई प्राथमिकतामा राखेर जनशक्ति खटाएको हो।

नेपालमा भित्रिन नदिन प्रदेश नं २ को सीमा क्षेत्रमा कडाइ गरिएको सशस्त्र प्रहरीले जनएको छ। सशस्त्र प्रहरी जवान आधारभूत तालिमरत प्रशिक्षार्थी, सशस्त्र प्रहरी बल प्रधान कार्यालय र अन्य प्रदेशबाट जनशक्ति खटाइएको बताइएको छ।

कोरोना भाइरस जोखिम पछि खटाइएको जनशक्तिमा १६ सय ५० सुरक्षाकर्मी थपिएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयका अनुसार १६ सय ५० सुरक्षाकर्मी थपेर परिचालन गरिएको छ।

प्रकाशित : शनिबार, चैत २९, २०७६१५:५५

खाद्य संकट पछि जनताको गुनासो – “भोट माग्न आउँछन्, भोकै छ कि खाएको छ, कसैले सोध्ने गर्दैनन्”