नयाँ वर्ष २०७७: सूर्यले शुरु गर्यो नयाँ राशिचक्र, यी राशिलाई लाभै-लाभ !

एजेन्सी- सूर्य देवलाई प्रत्यक्ष देवको दर्जा दिने गरिन्छ। सूर्य पृथ्वीमा हुने सम्पूर्ण अस्तित्वको कारक पनि मानिने गरिन्छ। सूर्यलाई नवग्रहको राजा पनि मान्ने गरिन्छ। ज्योतिष शास्त्रमा सूर्यले गर्ने राशि परिवर्तनले हरेक राशिमा धेरै असर गर्ने गर्छ।

१३ अप्रिलमा राशि परिवर्तन गरी सूर्यले राशिचक्रको एक परिक्रमा पूरा गरी नयाँ परिक्रमा शुरु गरेको छ। मीन राशिबाट मेष राशिमा सूर्यले राशि परिवर्तन गरेसंगै विक्रम संवतको नयाँ वर्ष पनि शुरु भएको छ।

यस्तो हुँदा हरेक राशिमा फरक-फरक प्रभाव पर्ने हुन्छ। राशि अनुसार सूर्यको राशि परिवर्तनले सबै भन्दा धेरै निम्न राशिलाई लाभ मिल्नेछ । हेर्नुहोस् !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

मेष सूर्यको उच्च राशि रहेको हुँदा राशिपरिवर्तनले प्रतक्ष्य लाभ मिल्नेछ। स्वास्थ्यमा सुधार हुन सक्ला भने मानसिक तनाव दिरहेका समस्या देखि छुटकारा पनि मिल्नेछ। पद-प्रतिष्ठा वृद्धि हुने सम्भावना पनि छ। यस्तै शुभ समाचार पनि प्राप्त हुने देखिन्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

सूर्यको राशिले सिंह राशि हुनेहरुलाई धेरै लाभ दिलाउनेछ। राशि परिवर्तन पश्चात सिंह राशिको भाग्य भावमा सूर्य विराजमान रहने हुँदा भाग्यउदयको प्रवल सम्भावना देखिन्छ। सामाजिक रुपमा बढेको दायित्वले सम्मान दिलाउन सक्ला भने निर्णय क्षमतामा समेत वृद्धि हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )

सूर्यको राशि परिवर्तनले वृश्चिक राशि हुनेहरुलाई सकारात्मक प्रभाव पर्नेछ। आफू अनुकूल परिणामहरू प्राप्त हुँदा मन प्रसन्नित रहनेछ। प्रेम जीवन उल्लासमय रहँदा उर्जा बढेर जानेछ। मुद्दा-मामिलाबाट छुटकारा दिलाउन पनि सूर्यको राशी परिवर्तन सहयोगी हुन सक्ला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

सूर्य मेष राशिमा परिवर्तन गरेसँगै कुम्भ राशि हुनेहरुको सफल समय शुरु हुने देखिन्छ। आफूले सोचेका कार्य सफल हुनेछन्। यात्रा पनि परिणाममूखी हुन सक्लान्। निर्भयसँग गरिएका निर्णयले लाभ दिलाउनेछ भने दैनिकीमा नयाँ परिवर्तन पनि हुनेछन्।

प्रकाशित : आइतबार, चैत ३०, २०७६०७:५८

वर्षकै पहिलो महिना कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् मासिक राशिफल !