तिर्थयात्राका लागि भारत पुगेर आएकी महिलामा देखियो कोरोना, कन्फर्म गर्न पुनः परिक्षण हुँदै !

काठमाडौँ – नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। भारतबाट फर्किएका बागलुङका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको हो।

संक्रमण देखिएका व्यक्ति जिल्लाको काठेखोला गाउँपालिकाकी ६५ वर्षीया महिला रहेकी छन्। उनी केहि हप्ता अगाडी मात्र भारत तिर्थयात्रामा गएर आएको बताइएको छ।

बताएअनुसार, काठेखोला गाउँपालिकामा ५७ जनाको द्रुत परीक्षण गरिएकोमा ती महिलामा कोरोना भाइरसको संक्रमण देखिएको हो। यापिड टेष्टमा पोजेटिभ देखिएपछि उनको पुनः परिक्षण गरिने भएको छ।

उनको पुनः परिक्षणको लागि स्वाब संकलन गरी पोखरा पठाउने तयारी गरिएको बताइएको छ।

हेलिकोप्टरबाट सुत्केरीको उद्धार

बाजुरा  जिल्लाको स्वामिकार्तिक गाँउपालिका– १, साप्पाटा मुक्तिकोटबाट एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

रक्तश्रावसहित जटिल स्थितिमा सुत्केरी भएर छटपटाइरहेकी स्थानीय ३५ वर्षीया सुपारी बिकलाई आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिएका छन् । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको पहलमा सो उद्धार गरिएको हो ।
गाँउपालिका अध्यक्ष चिरिञ्जीवि शाहीले सुत्केरीलाई बाँकेको कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको जनाए ।
आइतबार बिहान घरमै एक बच्चा जन्माएकी बिकको पेटमा अर्को बच्चा पनि हुन सक्ने साप्पाटा स्वास्थ्य चौकी इन्चार्ज बिर्ज बिकको भनाइ छ । जिल्लामा अत्याधिक रक्तस्रावका कारण यसअघि पाँच जना सुत्केरीको मृत्यु भइसकेको छ ।

प्रकाशित : सोमबार, बैशाख ०१, २०७७०३:११

“अहिले हुनेको गास काटेर नहुनेलाई बचाउने समय हो, कोरोना समाप्त नहुन्जेल पारिश्रमिक लिन्न”