वर्षकै पहिलो महिना कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् मासिक राशिफल !

मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ  (Aries )

 पारिवारिक खुुशीका निमित्त खट्नुुपर्नेछ । सहयोगी हातहरू पछि हट्नसक्छन् । आफ्नो कार्य सकेसम्म आफंै गर्ने प्रयास गर्नुहोला । दाम्पत्य जीवनमा अपेक्षित समझदारी कायम रहनेछ । काममा बढी खट्नुुपर्दा शरीरमा थकान हुुनेछ । आफ्नो खुुशी र स्वास्थ्यका लागि केही समय छुुट्ट्याउनुहोला । मुटु एवं पेटका बिरामीहरूले स्वास्थ्य एवं खानामा विशेष सतर्क रहनुपर्नेछ । अनावश्यक कुुराहरूले चिन्तित बनाउन सक्ने भएकोले सकारात्मक कुरामा आपूूmलाई ध्यानाकर्षण गराउनु उत्तम हुुनेछ ।

वृष – इ,उ,ए ,ओ,वा,वि,वु,वे,वो (Taurus 

सोचेअनुुरुप काम गर्न नपाउदा मन खिन्न हुुनसक्छ । माइतीपक्षबाट अपेक्षित सहयोग मिल्नेछ । दाम्पत्य जीवनमा राम्रो समझदारी कायम रहनेछ । पारिवारिक सदस्यसित समय बिताउने मौका जुर्नेछ । दैनिकीमा केही परिवर्तन हुुनसक्छ । कहिलेकाहि आफ्नो मन अनुुसारको काम गर्नलाई सम्झौता गर्नुपर्ला । अनावश्यक खर्चबाट बच्नुहोला । टाउको एवं आखा दुख्ने समस्या आउनसक्छ । अनावश्यक कुुरा एवं विवादबाट टाढै रहनुहोला ।

मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )

पारिवारिक वातावरण सुुखमय रहनेछ । आफ्नो इच्छानुसार समय यापन गर्ने मौका मिल्नेछ । धार्मिक कार्यप्रति मन जानेछ । काम गर्ने जागर बढ्न गई शरीर स्वत:स्फूर्त रहनेछ । कुुनै कामले सानोतिनो यात्रा गर्नुुपर्ने हुुनसक्छ । श्रीमान्बाट अपेक्षित सहयोग एवं सद्भाव मिल्नेछ । सन्तान सुुख मिल्नेछ । समय र परिस्थिति अनुुसार आफूलाई ढाल्न खोज्दा सबै कार्य सहज हुनेछन् । अत्यावश्यक कुराको दायरा बुुझी काम गरेमा मन तनावरहित रहनेछ ।

कर्कट – हि,हु,हे,हो ,डा,डि,डु,डे,डो (Cancer)रहनेछ 

एकअर्काले एकअर्काको सुखदु:ख बुझी स्वत: स्फूर्तरूपले काम गर्नसके दाम्पत्य जीवन सुुखमय रहनेछ । रोकिएका कामहरूले बिस्तारै गति लिन थाल्नेछन् । मनमा भएको तनाव हट्नेछ । काम गर्ने जागर बढ्नेछ । माइतीपक्षसित भेट्ने मौका मिल्नसक्छ । आर्थिक पक्ष सुदृढ रहनेछ । व्यापारिक क्षेत्रमा भएको मन्दी बिस्तारै हट्दै जानेछ । छोराछोरीबाट सुख मिल्नेछ । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ ।

सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे  (Leo )

 महिना राम्रैसग बित्नेछ । आफ्नो इच्छानुसार समय बित्नेछ । कहिलेकाहि मनमा झर्को लागेपनि दैनिकीले व्यस्त गराउनेछ । समय र परिस्थिति अनुसार आफूलाई ढाल्ने भरपूर प्रयत्न हुनेछ । कुुनै कुराले पनि तपाईंको काम र इच्छाशक्तिलाई प्रभाव पार्ने छैन । तपाईंको जागर र आत्मबल देखेर मानिस चकित पर्नेछन् । छोराछोरीबाट सन्तोष मिल्नेछ । भनेको बेलामा घर बाहिर जान नमिल्नसक्छ । घरमा अलिकति धन संचय गरेर राख्नु मुुनासिब रहनेछ ।

कन्या – टो  ,प,पी,पु,ष,ण,ठ,पे,पो  (Virgo)

सोचे अनुरूप कार्य सम्पन्न हुदै जानेछन् । मनमा भएको तनाव हट्नेछ । काम गर्ने जागर बढ्नेछ । दाम्पत्य जीवनमा एकार्काको सुुखदुु:खको राम्रोसग ख्याल गरिनेछ । छोराछोरीबाट सन्तोष मिल्नेछ । धार्मिक क्षेत्रमा लगाव बढ्नेछ । समय र परिस्थितिलाई आफू अनुकूल पारी काम गर्ने प्रयास हुनेछ । कामका साथै आफ्नो रुचि र खानपानमा पनि ध्यान दिने समय निस्कनेछ । नकारात्मक कुराबाट टाढै रही सकारात्मक भई कार्य गर्नु नै फलदायी रहनेछ ।

तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते  (Libra)

पारिवारिक वातावरण सुखमय रहनेछ । घरमा आ–आफ्नो इच्छा अनुसार काम गर्ने सम्झौता हुनसक्छ । पेट एवं रक्तचापका बिरामीहरूले भने खानपान र व्यायाममा सजगता अपनाउनुपर्नेछ । यात्रा गर्ने सम्भावना छ । देश, काल र परिस्थिति हेरी यात्रा गर्नु उचित हुनेछ । अरूले के कसो भन्लान् भन्दा पनि के गर्दा आफ्नो र परिवारको हित हुन्छ भनी सोच्नु बुद्धिमानी हुनेछ । अनपेक्षित विवाद हुनसक्ने भएकाले बोल्दा एवं ठट्टा गर्दा विचार पुऱ्याउनुपर्नेछ । एकअर्काको मनसाय बुझी काम गर्न सके दाम्पत्य जीवन सुुमधुर रहनेछ ।

वृश्चिक – तो,ना,नि,नु,ने,नो,य,यी,यु  (Scorpio)

मनमा भएको तनाव हट्नुुका साथै शरीर पनि स्वस्थ रहनेछ । काम गर्ने पराक्रम बढ्नेछ । मनमा कुनै नवीन काम गर्ने इच्छा जागृत हुुनसक्छ । सबैले सक्दो सहयोग गर्नेछन् । व्यापारिक क्षेत्रमा सुधार आउनेछ । जीवनसाथीबाट अपेक्षित माया र सद्भाव मिल्नेछ । छोराछोरीको इच्छा बुझी आफ्नै तरीकाले सम्झाई तदनुरुप व्यवहार गर्नसके आज्ञाकारी हुनेछन् । रोकिएका कामले फेरि गति लिन थाल्नेछन् । तपाईंले गरेका कार्यको सही मूल्यांकन हुनेछ ।

धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे  (Sagittarius)

नकारात्मक कुराहरूले मनमा डेरा जमाउन सक्छन् । अनावश्यक कुराबाट टाढै रही सकारात्मक रहनु राम्रो हुनेछ । आफ्ना आत्मीयजन एवं मित्रहरूसग सम्पर्कमा रहने र गफगाफ गर्ने गरेमा मन हलुंगो हुनेछ । छोराछोरीले अनावश्यक जिद्दी गर्नसक्छन्, तिनकै भाषामा राम्ररी सम्झाउने प्रयास गर्नु उचित हुनेछ । आफू असंलग्न र अनभिज्ञ भएको कुराबाट टाढै रहनसके संभावित विवाद टर्नसक्छ । सकेसम्म शान्त र विनम्रपूर्वक आफ्नै कार्य गर्नु नै लाभदायक रहनेछ । आफ्नो व्यक्तिगत इच्छाको लागि पनि केही समय छुट््याउन सके तनमन दुवै खुशी रहनेछ ।

मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु, खे,खो,ग,गी  (Capricorn )

आत्मीयजनसित रमाइला एवं सुखदु:खका वार्तालाप हुनेछन् । दाम्पत्य जीवनमा कहिलेकाहि राम्रो गर्दागर्दै पनि भनाइ खानुुपर्ला । कुनै कुनै कार्य थाहा नदिइकन गरी खुशी पार्छु भन्न खोज्दा उल्टै भारी पर्न सक्छ । एकाअर्काको सल्लाह लिई कार्य गर्ने गरेमा दुवैको भलो हुनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । व्यापारिक क्षेत्र पनि फस्टाउदै जानेछ । रोकिएको कामले पनि बिस्तारै गति लिन थाल्नेछन् । सन्तान सुुख प्राप्त हुनेछ । मित्रवर्गसित पनि कुनै समूह बनाई गफगाफ गर्ने रमाइलो वातावरण बन्नसक्छ ।

कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द  ( Aquarius)

काम गर्ने पराक्रम बढ्नुुका साथै शरीर पनि स्वत: स्फूर्त रहनेछ । मनमा भएको तनाव हट्न गई मन प्रसन्न रहनेछ । योजनानुरूप सबै कार्य सम्पन्न हुदै जानेछन् । कसैकसैको यो महिनामा कुनै काम विशेषले यात्रा पनि हुुनसक्छ । साथीसंगीसित रमाइला गफगाफ गर्ने अवसर जुर्नसक्छ । नया साथी बन्ने सम्भावना पनि रहेको छ । मनमा कुनै नवीन कार्य गर्ने सोच आउनसक्छ । आर्थिक पक्ष सुदृढ रहनेछ । घरमा कुनै कुनै सामग्रीमा हेरफेर हुनसक्छ । कसैलाई सापटी दिएको रकम फिर्ता मिल्नेछ ।

मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची  (Pisces)

योजनानुरूप सबै काममा सफलता मिल्दै जानेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । माइतीमा रमाइलो समय बिताउने मौका मिल्नेछ । कुनै कुुराको लाभ हुुनेछ । व्यावसायिक क्षेत्रबाट राम्रो सफलता मिल्नेछ । घरमा कुुनै सामग्रीमा हेरफेर हुनसक्छ । रक्तचापमा घटबढ हुनसक्ने भएकाले खानपिनमा विशेष ध्यान दिनुहोला । साथीसंगीहरूसित रमाइलो जमघट हुनेछ । व्यक्तिगत कार्यका लागि केही खर्च हुनसक्छ ।

प्रीति आत्रेय ज्ञवाली, फलितज्योतिषाचार्य

-नारी मासिकबाट 

प्रकाशित : सोमबार, बैशाख ०१, २०७७०५:२२

भोलि शनिले गर्दैछ आफ्नो चाल परिवर्तन, यी पाँच राशि हुनेहरु रहनुस् सावधान !