लकडाउनमा धुम्रपान र मध्यपन गर्न नपायर छट्पटाहट, डेलिभरी गर्न ड्रोन ![भिडियो सहित]

एजेन्सी – कोरोना भाइरस संक्रमण फैलिन नदिनका लागि अहिले नेपाल जस्तै भारत पनि लकडाउनमा छ। त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको २१ दिने लकडाउनको अन्त्य हुन लागेसंगै त्यसलाई लम्भ्याउने तयारी गरिएको छ।

कोरोना भाइरस संक्रमण फैलिन नदिनक लागि घोषणा गरिएको लकडाउनलाई धेरै जस्तोले पालना गरेता पनि केहि व्यक्तिहरुले उलंघन गर्ने गरेका छन्। लकडाउन तोड्नेहरु माथि त्यहाँको प्रहरी प्रशासनले कारवाही गरेका घटनाहरु लगातार सामाजिक माध्यमहरुमा भाइरल भैरहेका छन्।

लकडाउनक कारण अहिले धुम्रपान र मध्यपान गर्नेहरुलाई धेरैनै समस्या भएको छ। लकडाउनका कारण धुम्रपान र मध्यपान गर्न नपाएका कारण मानिसहरु अनेक तरिका अपनाइरहेका छन्।

यस्तै बीच सामाजिक संजालमा भारतको एक घटना भाइरल भएको छ। त्यहाँका संचार माध्यमहरुका अनुसार लकडाउनमा ड्रोन प्रयोग गरेर धुम्रपान तथ्य मध्यपानका सामग्रीको ओसार-पसार हुने गरेको पाइएको छ।

गुजरातको मोरबी क्षेत्रमा ड्रोन प्रयोग गरेर पान-मसला उपभोक्ताको घर-घरमा पुर्याइने गरिएको पाइएको भारतीय संचार माध्यमले जनाएका छन्। यसरी ड्रोन प्रयोग गरेर पान-मसला डेलिभरी गरिएको भिडियो टिक-टकमा भाइरल समेत भएको छ।

टाइम्स अफ इण्डियाको रिपोर्टका अनुसार, पान-मसला ड्रोन मार्फत घर-घरमा पुर्याउने कार्यमा संलगन दुईजनालाई पक्राउ गरिसकिएको छ।

प्रकाशित : सोमबार, बैशाख ०१, २०७७१०:४३

जन्मिने बितिकै मुटुको अप्रेशन, ६ महिने नहुँदै कोरोना!