एजेन्सी – कोरोना भाइरस संक्रमणका कारण अहिल पूरै विश्व आक्रान्त छ। कोरोना भाइरस फैलिन नदिनका लागि अहिल धेरै देशहरु लकडाउनको अवस्थामा छन्।
कोभिड–१९ नाम दिइएको कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १८ लाख ५३ हजार भन्दा बढी सङक्रमित भएका छन् । यस प्रकोपबाट संसारभरि १ लाख १४ हजार भन्दा बढीको ज्यान गैसकेको छ।
विश्वभरि कोरोना भाइरसबाट बच्चा देखि वृद्ध सम्म कोहि पनि सुरक्षित छैन। भर्खरै जन्मिएका शिशु दखि १०० वर्ष उमेर कटिसकेका वृद्ध-वृद्धा समेत अहिले कोरोनाबाट संक्रमित छन्।
यस्तै बेलायतमा पनि एक ६ महिने बालिका कोरोनासँग लड्दै छिन्। पहिलाबाट मुटु सम्बन्धि समस्याबाट ग्रसित रहेकी उनलाई कोरोना भाइरसको संक्रमणले सताएको छ।
ती बालिकाको नाम एरिन बेट्स रहेको छ। मात्र ६ महिनाकी ती बालिकाको अहिले अस्पतालमा उपचार चलिरहेको छ। अभिभावकको अनुमतिमा अस्पतालले उनको तस्विर समेत सार्वजनिक गरेको छ। सार्वजनिक तस्विर अहिले सामाजिक संजालमा भाइरल छ। सामाजिक संजाल प्रयोगकर्ताहरुले उनको स्वास्थ्यलाभको कामना गरिरहेका छन्।
एउटा रिपोर्टका अनुसार ग्रेट म्यानचेस्टरकी एरिन बेट्स पहिले देखि नै हृदय समस्याहरूको सामना गरिरहेकी थिइन्। सन् २०१९को डिसेम्बरमा उनको ओपन हार्ट सर्जरी समेत भएको थियो। सानै उमेरमा मुटुको सर्जरी गरियको कारण उनलाई डाक्टरहरुले ‘मिरकल बेबी’को उपनाम समेत दिएका छन्।