नेपाल घुस्न खोज्ने भारतीय र सशस्त्र प्रहरी बीच झ-डप !

काठमाडौँ – नेपालतर्फ आउन लागेका भारतीय नागरिकलाई सीमामा रोक्न खोज्दा आज सिरहाको सोहर्वामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झ-डप भएको छ । नेपाल–भारत सीमा नाकाबाट अवैध आवतजावत रोक्न खटिएको सशस्त्र प्रहरी र भारतीय नागरिकबीच आज दिउँसो झ-डप हुँदा भारतीय नागरिकले प्र-हार गरेको ढुङ्गा लागेर एक सशस्त्र प्रहरीका जवान घाइते भएका छन् ।

दूध लिएर भारतीय नागरिक नेपालतर्फ आउन लागेपछि सशस्त्र प्रहरीले रोक्न खोज्दा करीब २०–२५ जनाको समूहले सीमापारिबाट ढुङ्गा हान्न थालेपछि झ-डप भएको सिरहाका सशस्त्र प्रहरी उपरीक्षक प्रवीण कँडेलले जानकारी दिनुभयो । झ-डपका क्रममा ढुङ्गाको चोट लागेर सशस्त्र प्रहरीका जवान राजनकुमार चौधरी घाइते भएका छन् । घाइते चौधरीको निधारमा तीनवटा टाँका लगाइएको र अवस्था सामान्य रहेको सशस्त्र प्रहरी उपरीक्षक कँडेलले बताउनुभयो ।

आफ्नो बुबालाई दूध लिएर नेपालतर्फ पस्न नदिएपछि मोहनकुमार यादवले भारतीय गाउँ कुमरखत पुगेर २०–२५ जनाको समूहलाई सीमा क्षेत्रमा ल्याएर ढुङ्गा हान्न लगाएको सशस्त्र प्रहरीको भनाइ छ । सशस्त्र प्रहरीले यादवलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहालाई बुझाएको सशस्त्र प्रहरी उपरीक्षक कँडेलले बताउनुभयो ।

कोरोना रोकथाममा सहयोग बढाउँदै रेडक्रस
नेपाल रेडक्रस सोसाइटीले कोभिड–१९ रोकथाम र प्रतिकार्यका लागि आपत्कालीन सेवालाई सजगताका साथ तीव्र गति दिएको जनाएको छ । रेडक्रसले देशभरिका क्वारेन्टाइन क्षेत्रमा तीन हजार ४८९ कम्मल, दुई हजार २०० तारपोलिन र टेन्ट, एक हजार १४२ बाल्टिन र जग, पाँच हजार एक सय साबुन, एक हजार ५०३ वटा म्याट्रेस, २५३ तन्ना, एक हजार २०० सय झुललगायतको सामग्री सहयोग उपलब्ध गराएको रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो ।

रेडक्रसले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग निकटमा रही गत जनवरीदेखि कोरोना भाइरसको प्रतिकार्य र रोकथाममा काम गर्दै आएको छ । कोरोनाको समस्या शुरु हुने बित्तिकै रेडक्रसले आपत्कालीन अपरेशन सेन्टरलाई सक्रिय बनाएको रेडक्रसका उपमहामन्त्री हरिप्रसाद न्यौपानेले जानकारी दिनुभयो । जोखिम न्यूनीकरणका लागि नेपाल सरकार, रेडक्रसका अन्तर्राष्ट्रिय महासङ्घ, संयुक्त राष्ट्रसङ्घलगायतका निकायसँग आवश्यक समन्वय गरी काम भइरहेको उहाँले बताउनुभयो ।

प्रकाशित : सोमबार, बैशाख ०१, २०७७१५:४३

कोरोना भाइरस: पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट ‘सिल्ड’ गरियो !