काठमाडौँ – सम्ज्वादी पार्टी नेपालक अध्यक्ष बाबुराम भट्टराईले खर्चिला रहन-सहन भएका नेताहरुले आफ्नो सम्पूर्ण खर्च कसरी चलिरहेको छ देखाउनुपर्ने बताएका छन्।
मंगलबार बिहान एक ट्वीट गर्दै भट्टराईले कोरोना भाइरस संक्रमण महामारीका समयमा प्रधानमन्त्री सहित विभिन्न नेताहरुले आफ्नो पारिश्रमिक नलिने घोषणा गरको प्रति यस्तो प्रश्न गरेका हुन्।
सोमबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी अन्त्य नभएसम्म पारिश्रमिक लिने घोषणा गरेका थिए भने नेकपाका अर्का नेता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिक मध्य २ महिनाको राहत कोषमा र अन्य विपन्नको सहयोगमा दिने घोषणा गरका थिए। जसलाई लक्षित गर्दै भट्टराईले मंगलबार यस्तो ट्वीट गरेका हुन्।
तलबभत्ता पूरै त्याग्ने घोषणालाई राम्रो मान्न सकिने भएतापनि नेताहरुको विलासी रहनसहन र चुनावको खर्च कसरी चल्छ त्यो पनि देखाउनसक्नु पर्ने उनको भनाई छ।
“प्रम लगायत कतिपय बड़े नेताहरूले आफ्नो दृश्य तलब/भत्ता पूरै त्याग्ने घोषणा गर्नु राम्रो हो।त्यससंगै आफ्नो कुनै पैतृक सम्पति, बचत र वैध कमाइ नहुनेहरु (कमसेकम संसद/सरकारलाई बुझाएको सम्पत्ति विवरणमा नदेखिने !) को विलासी रहनसन र चुनावको खर्च कसरी चल्छ त्यो पनि बताउँदा राम्रो होला कि ?”,उनले ट्वीटरमा भनेका छन्।
प्रम लगायत कतिपय बड़े नेताहरूले आफ्नो दृश्य तलब/भत्ता पूरै त्याग्ने घोषणा गर्नु राम्रो हो।त्यससंगै आफ्नो कुनै पैतृक सम्पत्ति,बचत र वैध कमाइ नहुनेहरू( कमसेकम संसद/सरकारलाई बुझाएको सम्पत्ति विवरणमा नदेखिने!)को विलासी रहनसहन र चुनावको खर्च कसरी चल्छ त्यो पनि बताउँदा राम्रो होला कि?
— Baburam Bhattarai (@brb1954) April 14, 2020