सनसिटीमा दुईलाई कोरोना भएको पुष्टि, संक्रमितको संख्या १६ पुग्यो !

काठमाडौँ – कोरोना भाइरस संक्रमणको आशंका गरियक काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गरिरहेका तीन जनामध्य दुई जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।

र्‍यापिड डायग्रोस्टिक टेष्ट (आरडिटी) गर्दा पोजेटिभ देखिएका उनीहरुमा कोरोना भाइरसको संक्रमण रहेकों मंगलबार पुष्टि भएको हो। र्‍यापिड डायग्नोस्टिक टेस्ट किटबाट गरिएको परिक्षण पोजेटिभ देखिएपछि उनीहरुको पीसीआर परीक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। तीन मध्य दुई जनाको रिपोर्ट आइसकेको र एकको आउने क्रममा रहेको बताइएको छ।

र्‍यापिड डायग्नोस्टिक टेस्ट किटबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेसन पुर्याइएको थियो। अहिले तीनै जनाको आइसोलेसनमा उपचार भैरहको छ।

सो अपार्टमेन्टमा बस्ने मानिस र समुदायमा बस्ने अरूलाई हुने सम्भावित जोखिमबाट बचाउन प्रहरीले ‘सिल्ड’ गरेको छ । महानगरी प्रहरी कार्यालय रानीपोखरीका प्रमुख नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार अरू व्यक्तिको सुरक्षाका लागि सो क्षेत्रमा आवागमन बन्द गरिएको छ ।

यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ। त्यसमध्ये एकजना निको भएर घर गइसकेका छन् ।

प्रकाशित : मङ्गलबार, बैशाख ०२, २०७७०६:४३

सनसिटीमा दुईलाई कोरोना भएको पुष्टि, संक्रमितको संख्या १६ पुग्यो !