काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान सरकार तथा प्रशासनले जनमतको अनादर गरेको आरोप लागेका छन्।
बिहिबार एक ट्वीट गर्दै शाहले सत्ता सम्हालिरहेका शासकवर्गले अहिलेको अवस्थालाई गम्भीरतापूर्वक नलिएर जनमतको अनादर गरेको आरोप लगाएका हुन्।
“शासकवर्गले यस क्षणलाई गम्भिरता पूर्वक नलिनु जनमतको अनादर गर्नु सरह हो।”,शाहले ट्वीट गर्दै भनेका छन्।
दैनिक जिविका चलाउन नसकेर शहर छाडी आफ्नो घर आगँन पुग्न लागेको निरिह जन लश्करलाई सरकारले उचित व्यवस्थापन गर्न नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त पनि गरेका छन् । संकट र संवेदनाको क्षणमा प्रहरी प्रशासन पनि असहयोगी बन्दै गएको उनको आरोप छ।
“दैनिक जिविका चलाउन नसकेर शहर छाडी आफ्नो घर आगँन पुग्न लागेको निरिह जन लश्करलाई सरकारले यथाशीघ्र उचित व्यवस्थापन गर्न असफल भएको देखिन्छ । संकट र संवेदनाको क्षणमा प्रहरी प्रशासनको सहयोगी भावमा पनि कमी आउँदैछ ।”,शाहले भनका छन्।
यस्तो छ उनको ट्वीट –
“दैनिक जिविका चलाउन नसकेर शहर छाडी आफ्नो घर आगँन पुग्न लागेको निरिह जन लश्करलाई सरकारले यथाशीघ्र उचित व्यवस्थापन गर्न असफल भएको देखिन्छ । संकट र संवेदनाको क्षणमा प्रहरी प्रशासनको सहयोगी भावमा पनि कमी आउँदैछ । शासकवर्गले यस क्षणलाई गम्भिरता पूर्वक नलिनु जनमतको अनादर गर्नु सरह हो ।”
दैनिक जिविका चलाउन नसकेर शहर छाडी आफ्नो घर आगँन पुग्न लागेको निरिह जन लश्करलाई सरकारले यथाशीघ्र उचित व्यवस्थापन गर्न असफल भएको देखिन्छ । संकट र संवेदनाको क्षणमा प्रहरी प्रशासनको सहयोगी भावमा पनि कमी आउँदैछ । शासकवर्गले यस क्षणलाई गम्भिरता पूर्वक नलिनु जनमतको अनादर गर्नु सरह हो ।
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) April 16, 2020