“पैदल गाउँ गइरहेकाहरु हनिमुन र पिकनिक हिँडेका हुन् ?, उनीहरुको सरकार छैन ?”

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना भन्दा भोकले जनताको ज्यान लागेको भन्दै त्यसप्रति सरकारले ध्यान दिनुपर्ने बताएका छन्।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले लकडाउनका क्रममा भोकले जनताको ज्यान जाने अवस्था आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। तर कोठाभित्र छट्पटिएर र सडकमा तड्पिएर नागरिकको ज्यान गएको दृश्य मौनतापूर्वक प्रतीक्षा गर्ने समय नरहेको हुँदा समयमै सरकारले त्यसप्रति ध्यान दिनुपर्ने उनको भनाई छ।

अप्ठ्यारोमा रहेकाहरुलाई सुरक्षित ढंगले गाउँ पु-याउने प्रबन्ध मिलाउण अथवा अफ्ठेरोमा रहेकाहरुको उचित व्यवस्थापन गर्न सरकारलाई उनको सुझाव छ।

“सयौं किलोमीटर पैदल हिंडेर ती नागरिक घर गइरहेका छन्, जोसंग अहिलेको बासस्थानमा आर्थिक रुपले लामो समय टिक्न सक्ने स्थिति रहेन । यस्तै प्रतिकूलतामा नागरिकलाई राज्यको भरथेग चाहिने हो । ७ दिनको लकडाउन लम्बिएर महिना दिन पुग्न लाग्यो । पर्याप्त राहत पुर्याउन या अप्ठ्यारोमा रहेकाहरुलाई सुरक्षित ढंगले गाउँ पुर्याउने प्रबन्ध मिलाउन नेपाली कांग्रेस नेपाल सरकार समक्ष आग्रह गर्दछ ।”,विज्ञप्तिमा उनले भनेका छन्।

गाउँमा रहेका जनाको समेत लकडाउनले अवस्था गम्भीर रहेको हुँदा अहिलेको प्राथमिकता सुकुम्बासीलाई जग्गा भन्दा पनि जाउलो आवश्यकता रहेको उनले सरकारलाई स्मरण गराएका छन्।

“गाउँमा रहेका नागरिकको स्थिति पनि कष्टकर बन्दै गएको छ । तिनको हृदयको प्रश्न हामी सरकार समक्ष राख्न चाहन्छौं – अहिलेको प्राथमिकता सुकुम्बासीलाई जग्गा कि जाउलो, सरकार र आयोगलाई अर्बौं रुपैयाँ छुट्याउन सकिन्छ तर सुकुम्बासी, श्रमिक, बेरोजगार एवं डेरा बसेका विद्यार्थीका लागि पर्याप्त राहतको ब्यवस्थित योजना निर्माण र कार्यान्वयन गर्न किन सकिन्न र ?”,विज्ञप्तिमा भनिएको छ।

यस्तै विज्ञप्तिलाई भिडियो सन्देश मार्फत प्रष्ट बनाउँदै उनले गम्भीर बन्न प्रधानमन्त्रीलाई गम्भीर बन्न आग्रह गरेका छन्। काठमाडौँबाट आफ्नो-आफ्नो गाउँ जान हिंडिरहेका नागरिक हनिमुन र पिकनिक नहिंडेको भन्दै उनले ज्यान कोरोनाले मात्र नभई भोकमरीले पनि जान सक्छ भन्ने कुरा प्रधानमन्त्रीले बुझ्नुपर्ने उनको आग्रह छ।

प्रकाशित : शुक्रबार, बैशाख ०५, २०७७०६:२६

भेन्टिलेटर खरिदमा भ्रष्टाचारको ‘गन्ध’, भेन्टिलेटर खरिदको कागजपत्र अख्तियारको नियन्त्रणमा !