नेपालमा एकै दिन १४ संक्रमित भेटिए, संक्रमितको संख्या ३० पुग्यो !

काठमाडौँ – नेपालमा एकैदिन १४ कोरोना भाइरस संक्रमित थपिएका छन्। उदयपुरमा १२ र चितवनमा २ गरी एकै दिन १४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

शुक्रबार उदयपुरको एक मस्जिदमा बसेका एक दर्जन व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। कोरोना भाइरस पुष्टि भएकाहरु मध्ये केहि भारतीय नागरिक रहेको बताइएको छ ।

कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरु ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षका रहेका छन् भने उनीहरु सबै पुरुष हुन्।

उदयपुर त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा केही भारतीय लुकेर बसेको सूचनाका आधारमा स्वाब परिक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो। कोशी अस्पताल विराटनगरमा गरिएको स्वाब परिक्षण पश्चात उनीहरुमा कोरोनाको संक्रमण रहेको थाहा हुन आएको बुझिएको छ।

साथै शुक्रबार चितवनमा पनि दुई कोरोना संक्रमित थपिएका छन्। यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ। एकै दिन १४ जना कोरोना संक्रमित थपिएपछि नेपालमा संक्रमितको संख्या आउने दिनमा अझ बढ्न सक्ने चिन्ता थपिएको छ।

प्रकाशित : शुक्रबार, बैशाख ०५, २०७७१४:२४

सबै भन्दा बढी कोरोना संक्रमित भएको जिल्ला बन्यो उदयपुर ! कुन जिल्लामा कति ? [विस्तृतमा]