सबै भन्दा बढी कोरोना संक्रमित भएको जिल्ला बन्यो उदयपुर ! कुन जिल्लामा कति ? [विस्तृतमा]

काठमाडौँ – शुक्रबार एकै दिन नेपालमा १४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसंगै नेपालमा संक्रमितको संख्या ३० पुगेको छ। उदयपुरमा १२ र चितवनमा दुई जनामा कोरोना पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संक्य एकै दिन लगभग दोब्बरले बढेर ३० पुगेको हो।

त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा बसेका ८ जनाको र अन्य चारजनामा समेत गरी त्यहाँ एकै दिन १ दर्जन संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरु ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षका रहेका छन् भने उनीहरु सबै पुरुष हुन्।

उदयपुर पछि सबै भन्दा धेरै संक्रमित काठमाडौँमा फेला परेका छन्। केहि दिन अगाडी सनसिटी अपार्टमेन्टमा दुई संक्रमित फेला परेसंगै काठमाडौँमा संक्रमितको संख्या पांच पुगेको थियो। काठमाडौँमा फेला परेका मध्ये एक संक्रमित निको भइसकेका छन्। यस्तै काठमाडौँ पछि धेरै संक्रमित कैलालीमा फेला परेका छन्। त्यहाँ अहिले सम्म संक्रमितको संख्या ४ पुगिसकेको छ।

जिल्ला अनुसार कहाँ कति संक्रमित भेटिए ? हेर्नुहोस् !

उदयपुर – १२

४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षका एक दर्जन पुरुष, वैशाख ५ गते पुष्टि।

काठमाडौँ – ५

३२ वर्षका पुरुष, माघ ८ गते चीनबाट आएका माघ १० गते कोरोना पुष्टि।(निको भैसकेको)

१९ वर्षकी महिला फ्रान्सबाट आएकी महिला, चैत १० कोरोना पुष्टि ।

३२ वर्षीय दुबईबाट आएका वर्षका पुरुष, चैत १२ गते कोरोना पुष्टि ।

बेलायतबाट आएका ५८ वर्षीय पुरुष, ८१ वर्षीय महिला, वैशाख २ गते कोरोना पुष्टि ।

कैलाली – ४

दुबईबाट आएका ३४ वर्षीय पुरूष, चैत १४ गते कोरोना पुष्टि ।

भारतबाट आएका २१ वर्षीय पुरुष, चैत २२ गते कोरोना पुष्टि ।

३४ वर्षीय महिला, चैत २२ कोरोना पुष्टि (यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त)

६५ वर्षीय स्थानीय महिला, बैशाख १ गते कोरोना पुष्टि ।

पर्सा – ३

फागुनमा भारतबाट आएका ३७, ४४, ५५ वर्षीय ३ भारतीय पुरुष, चैत ३० गते कोरोना पुष्टि ।

बागलुङ – २

बेल्जियमबाट आएकी १९ वर्षीय महिला , चैत १५ गते कोरोना पुष्टि ।

दुबईबाट आएकी ६५ वर्षीय महिला, चैत २० गते आएकी ।

चितवन – २

२ पुरुष, २७ र ६३ वर्षीय पुरुष, वैशाख ५ गते पुष्टि।

कञ्चनपुर – १

भारतबाट आएका ४१ वर्षीय पुरुष, चैत २२ गते कोरोना पुष्टि ।

रौतहट – १

भारतबाट आएका १९ वर्षीय पुरुष, बैशाख १ गते कोरोना पुष्टि ।

प्रकाशित : शुक्रबार, बैशाख ०५, २०७७१४:५७

बहराइनमा थप २७ नेपालीमा कोरोना भाइरसको संक्रमण, नेपाली संक्रमित ४९ पुगे!