चिर्पट प्रहार गरेर पतिको ह’त्या !

सांकेतिक तस्विर

प्युठानको मर्कावाङमा पत्नीले चिर्पटले पतिको टाउकोमा प्रहार गरी ह’त्या गरेकी छन् । माण्डवी गाउँपालिका–२, मर्कावाङमा ४० वर्षीय गुमानसिंह अधिकारीको ३५ वर्षीया पत्नी निशाले ह’त्या गरेको अभियोग लगाइएको छ ।

दाङको बङ्गलाचुली गाउँपालिका वडा नं ५ स्थित माइतीघर बस्दै आएकी पत्नीलाई लिन जाँदा दुवैबीच सामान्य घरायसी विवाद भई पत्नीले दाउराको चिर्पटले पतिको टाउकामा प्रहार गरेको बताइएको छ ।

श्रीमतीको प्रहारबाट ग’म्भीर घाइते अधिकारीको शुक्रबार राति उपचारका क्रममा कोहलपुर मेडिकल कलेज बाँकेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । भाउजु  र उनका बाबुले मिलेर दाइको ह’त्या गरेको आरोप मृतकका भाइ हेमराजले लगाएका छन् ।

श्रीमतीले आफूले चिर्पटले प्रहार गरेको स्वीकारेको र घटनामा अन्य व्यक्तिको संलग्नता भए-नभएको अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ । शव परीक्षणपछि आफन्तको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए  ।

प्रकाशित : शनिबार, बैशाख ०६, २०७७०३:२७

१४ वर्षीय बालकमा देखियो कोरोना पोजेटिभ!