धनुषा – धनुषामा गएराति छोराले आफ्नै बुवालाई रड प्र-हार गरी ह-त्या गरेको छ ।
शहीदनगर नगरपालिका–९ का ५५ वर्षीय सुखिया सदालाई आफ्नै छोरा ३० वर्षीय नथुनी सदाले रड प्र-हार गरी ह-त्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घरायसी कुरामा झगडा परेपछि बुवाको टाउकामा रड प्र-हार गरी छोराले ह-त्या गरिएको इलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिए।
प्रहरीका अनुसार नथुनीले बुवासँग पैसा मागेको र बुवाले पैसा नदिएपछि दुबै जनाबीच विवाद भएर झगडा भएको थियो । सोही क्रममा आवेगमा आएका नथुनीले रड लिएर सुखियाको टाउको पछाडि हानेपछि उनको घटनास्थलमै मृ-त्यु भएको प्रहरी निरीक्षक केसीले बताए।
ह-त्या गरी फरार रहेका नथुनीलाई सोमबार बिहान इलाका प्रहरी कार्यालय यदुकूहाको टोलीले पक्राउ गरेको छ । नथुनीलाई हिरासतमा लिएर थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक केसीले बताए।
१५ भारतीय किशोरको रिपोर्ट नेगेटिभ
लकडाउनका अवस्थामा गत चैत २२ गते राति लुकिछिपी भारतबाट महोत्तरी जिल्लाको एकडारा गाउँपालिका ५ बहेडा गाउँमा प्रवेश गरेका १५ भारतीय मुसलमान किशोरको कोरोना परीक्षण नेगेटिभ आएको छ ।
करीब १५ दिनसम्म साथीका घरमा लुकिछिपी बसेका ती किशोरको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा र्यापिड डायग्नोष्टिक टेष्ट गरिएको थियो । भारत, उत्तर प्रदेश राज्यको एक मदरसामा पढ्दै गरेका तिनीहरु बहेडा गाउँका एक साथीसँग आआफ्ना घर फर्किने क्रममा भारत बिहारको सीतामढीमा लकडाउनका कारण घर जान नसकेपछि साथीसँगै महोत्तरीको बहेडामा आएर बसेका थिए ।
चैत २२ गते राति आएर बसेका ती किशोरलाई महोत्तरी जिल्ला प्रशासन कार्यालय र गाउँपालिकाको सहयोग एवं समन्वयमा छुट्टै घरमा क्वारेन्टाइन बनाई राखिएको थियो । उनीहरुको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा आरडिटी गर्दा रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाका ल्याब टेक्निसियन शम्भु कुशवाहाले बताए। टेक्निसियन कुशवाहाका अनुसार १३ देखि १८ वर्ष उमेरका ती किशोरको अवस्था सामान्य छ ।