बुधले गर्यो राशि परिवर्तन: सूर्यसँग भेट हुँदा बन्यो धेरै शुभ संयोग, यी राशिलाई लाभै-लाभ !

बुध राशिले आज अप्रिल २५(वैशाख १३) मा मीन राशिबाट मेष राशिमा प्रवेश गरेको छ । मेष राशिमा प्रवेश गरेसँगै बुध र सूर्यको युति भनेको छ। तटस्थ रहने स्वभावको बुध र आफ्नो उच्च राशिमा रहेको सूर्य बीच भेट हुँदा विभिन्न राशिमा फरक-फरक असर पर्न सक्छ । यस्तो अवस्थाले सबै भन्दा धेरै निम्न राशिहरुलाई लाभ दिलाउनेछ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बुधको गोचर मेष राशिमा हुने हुँदा मेष राशि हुनेहरुलाई धेरै लाभ मिल्नेछ। सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ भने मान-सम्मान पनि प्राप्त हुन सक्ला। आर्थिक समस्याबाट उन्मुक्ति मिल्न सक्छ। परिवारमा उल्लासमय वातावरण रहनेछ भने शुभ समाचार पनि प्राप्त हुन सक्ला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

बुधको राशि परिवर्तन मिथुन राशि हुनेहरुको लागि धेरै फाइदाजनक हुन सक्छ। कलाकारिता क्षेत्रमा रहेका व्यक्तिहरुका लागि समय लाभप्रद हुने देखिन्छ भने स्वास्थ्यमा पनि सुधार हुन सक्ला। बुधको राशि परिवर्तनसंगै आकस्मिक धनलाभ पनि हुन सक्ने देखिन्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )

बुधको राशि परिवर्तनले वृश्चिक राशि हुनेहरुको पराक्रम बढाउन सक्छ। उर्जा बढेर जाँदा हरेक कार्य सफल हुनेछन् भने समय आर्थिक रुपमा पनि लाभप्रद रहन सक्ला। शारीरिक स्फूर्ति र मानसिक प्रसन्नता रहनेछ। शत्रु सजिलै पराजित गर्न पनि सफल भइने देखिन्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

बुधको राशि परिवर्तनले कुम्भ राशि हुनेहरुको दैनिकीमा परिवर्तन आउने देखिन्छ। उर्जा बढेर जाँदा हरेक कार्य सफल हुनेछन्। पारिवारिक रुपमा रहेका सम्पूर्ण समस्या हल भएर जानेछन्। प्रेम जीवन पनि सुखमय रहने देखिन्छ। सानो-तिनो यात्राको अवसर पनि जुर्न सक्ला।

मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)

दोस्रो भावमा रहने बुधले मीन राशि हुनेहरुको बोलिको प्रभाव बढाउने छ भने बोलिकै कारण कामहरु बन्नेछन्। धन प्राप्त गर्ने अवसर जुर्नेछ भने उठ्न नसकेको रकम पनि उठ्न सक्ला। सामाजिक दायित्व बढ्दा प्रभुत्व जमाउने मौका मिल्नेछ।

प्रकाशित : सोमबार, बैशाख ०८, २०७७१०:२१

भोलि ग्रहचक्रमा बुधको ठूलो परिवर्तन, यी ३ राशिलाई अशुभ !