भोलि असार १० गते मंगलबार, तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

भोलि तपाईमा लक्ष्मीको कृपा बढेर जाने देखिन्छ भने भोलि आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम हात लाग्न सक्ला। प्रेम सम्बन्धमा पनि तपाईको भोलिको दिनमा सुधार रहन सक्ला। सामाजिक रूपमा पनि भोलि तपाईको सफलता बढेर जाने देखिन्छ। भोलि तपाईलाई व्यवसायले लाभ दिलाउन सक्ला भने भोलि तपाईको यात्रा पनि व्यवस्थित हुने देखिन्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

भोलि तपाईलाई मानसिक रुपबाट धेरैनै एस्शान्ति मिल्न सक्ला भने भोलि तपाईको शरीरिक स्वास्थ्य पनि राम्रै रहन सक्ला। भोलि पारिवारिक जीवनमा खुशी र सन्तुष्टि अनुभव गर्नुहुनेछ। भोलि व्यवसायमा सफलता पाउनुहुनेछ। भोलि तपाईको क् कार्य शैलीको पनि सराहना हुने दिन रहेको छ। सामाजिक क्षेत्रमा तपाईंको प्रतिष्ठा बढ्नेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

भोलि तपाईको दिन मिश्रित फलदायी रहने देखिन्छ। भोलि तपाईको स्वास्थ्यमा उतार-चढाव रहन सक्ला। भोलि तपाईको कार्य सफल नहुने हुँदा मानसिक तनाव बढेर जाने देखिन्छ भने भोलि तपाईको खान-पानको ठेगान नहुने हुँदा शारीरिक स्वास्थ्य समेत बिग्रन सक्ला। तर भोलि तपाईको व्यवसायिक यात्रा भने सफल हुने दिन परेको छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

भोलि तपाईमा आध्यात्मिकता बढेर जाने देखिन्छ भने भोलि तपाईको धार्मिक यात्रा पनि सफल हुने दिन परेको छ। भोलि तपाईलाई विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा पनि तपाईको चासो रहन सक्ला। तर भोलि तपाई अनैतिक काम र नकारात्मक विचारहरूबाट टाढा रहनु होला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo )

भोलि तपाई आफ्नो दैनिक भन्दा धेरै टाढा रहनु हुने देखिन्छ। भोलि तपाईको आर्थिक खर्च यात्रा साथै मनोरन्जनमा बढ्न सक्ला। भोलि तपाईको घरमा विलाशिताका सामाग्रीहरु भित्रने दिन रहेको छ। मध्य दिन पछि भने भोलि तपाईले आफ्नो बबोलीमा नियन्त्रण राख्नु होला। साँझ मानसिक रूपमा बिचलित हुनुहुने देखिन्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

भोलि तपाईको यश साथै किर्ति बढेर जाने देखिन्छ। तपाईमा प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। भोलि तपाईको पैत्रिक सम्पतिको कारण लाभ मिल्न सक्ला। शारीरिक र मानसिक रूपले भोलि तपाई हर्षित रहनु हुने देखिन्छ। साझेदारहरूले व्यवसायबाट लाभ दिलाउने छन्।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

भोलिको दिनमा तपाईलाई विशेषतः अध्ययनमा सफलता मिल्ने दिन परेको छ। भोलि तपाईको रचना शक्तिमा पनि सुधार आउने देखिन्छ भने भोलि तपाईको कलाको क्षेत्रमा उल्लेख्य सफलता मिल्न सक्ला। बौद्धिक छलफलमा पनि भोलि तपाई विजयी हुनुहुने देखिन्छ। भोलि तपाईको आर्थिक स्थिति पनि सवल रहने दिन परेको छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

भोलि तपाईको व्यापारलगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले उत्साह बढेर जाने देखिन्छ। भोलि तपाईलाई माता-पिताबाट धेरै लाभ मिल्ने दिन परेको छ। भोलि तपाईले साझेदारी गर्दा भने संयमता अपनाउनु होला। मध्य दिन पछि चाँडै विचारहरु मा परिवर्तन आउनाले भने केहि गार्हो हुने देखिन्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius )

भोलि तपाई साविक भन्दा धेरै आनन्दित महसुस गर्नु हुने देखिन्छ भने भोलि अप्ठ्यारा परिस्थितिसँग सम्झौता गरे पनि लक्ष्य प्राप्त गर्न सफल रहनु हुन सक्ला। भोलि तपाईको आर्थिक खर्च बहने स्त्री वर्गको लागि बढेर जाने देखिन्छ। भूमि, घर, वाहन आदिको खरिदमा भने तपाई धेरै सजक रहनु पर्ने देखिन्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

भोलि तपाईको परिवारमा विवाध बढेर जाने देखिन्छ भने भोलि तपाईले केहि नयाँ कार्य थालनी गर्ने समयमा पनि परिवारसँग सल्लाह नगर्नु भएमा घाटा लाग्ने देखिन्छ। भोलि धार्मिक गतिविधिहरूमा खर्च बढ्न सक्ला। भोलि तपाईको स्थितिमा भने मध्यान्न पछि सुधार आउन सक्ला। मध्यान्न पछि भाग्य वृद्धिको योग देखिन्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भोलि हिम्मतले काम लिँदा राम्रो फाइदा हुनेछ। सोच्नु भए भन्दा छोटो समयमा उपलब्धि हात लाग्न सक्ला । स्रोत-साधन जुट्नाले चिताएका काममा सफलता मिल्नेछ। साथै भोलि तपाईको व्यवसायिक यात्रा पनि सफल हुन सक्ला। भोलि तपाईले आफुबाट नकारात्मक विचारहरु हटाउनु होला साथै भोलि बोलीमा नियन्त्रण राख्नु पर्ला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

भोलि तपाईले आर्थिक सम्बन्धि केहि पनि कार्य नगरेकै उचित रहने देखिन्छ। भोलि तपाईले घर-जग्गा सम्बन्धि कार्य गर्दा पनि संयमता अपनाउनु होला। भोलि तपाईमा एकाग्रताको कमि समेत रहन सक्ला। भोलि तपाईले आफ्नो खर्चमा पनिं नियन्त्रण राख्नु होला। भोलि साँझ भन्दा अगाडी तपाईको स्वास्थ्यमा सुधार हुने अवस्था देखिदैन।

प्रकाशित : सोमबार, असार ०९, २०७६१४:३१

भोली असार १२ गते बिहिवार तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् दैनिक राशिफल !