जङ्गलमा घाँस काट्न गएको मौका छोपी चार–पाँच जना मिलेर करणी !

सिरहा कर्जन्हा नगरपालिका–१ बन्दीपुरकी एक बालिकामाथि सामूहिक करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

घाँस काट्न गएकी १४ वर्षीया बालिकालाई करणी गरेको आरोपमा प्रहरीले स्थानीयवासी श्यामकुमार महरालाई पक्राउ गरेको हो ।

जङ्गलमा घाँस काट्न गएको बेला हिजो बालिकामाथि सामूहिक करणी भएको बालिकालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । महरासहित चार–पाँच जनाको समूहले सामूहिक करणी गरेको पीडित बालिकाले बताएकी छन् ।

पक्राउ परेका महरामाथि जबर्जस्तीकरणी ऐनअन्तर्गत कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले बताए ।

प्रकाशित : मङ्गलबार, असार १०, २०७६०७:३४

बनेपाको व्यस्त बजारमा पनि महिलामाथि सुई-प्रहार