उदयपुरका थप ८ जनामा कोरोना भाइरसको पुष्टि, संक्रमितको संख्या ४० पुग्यो !

सांकेतिक तस्विर

काठमाडौँ – उदयपुरमा थप ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परिक्षणको क्रममा ८ जनामा कोरोनाको पुष्टि भएको हो।

उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मंगलबारनै उदयपुरका एक ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्षणमा उनीमा कोरोनाभाइरस पुष्टि भएको थियो। एकै दिन उदयपुरका ९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ४० पुगेको छ।

हाल सम्म सबै भन्दा धेरै संक्रमित उदयपुरमा भेटिएका छन्। उदयपुरमा अहिले सम्म २२ जना संक्रमित फेला परिसकेका छन्। भारतबाट आएर त्यहाँका मस्जिदमा बसिरहेका मुस्लिमहरुबाट कोरोना संक्रमण फैलिएको पाइएपछि मस्जिदमा र्यापिड टेस्ट तिब्र बनाइएको छ।

प्रेस ज्याकेट तथा स्वास्थ्य सामग्री वितरण

कोरोना भाइरस सङ्क्रमणको जोखिमका बेला पनि आम नागरिकलाई सु–सूचित गर्न निरन्तर समाचार सङ्कलनमा खटिएका कञ्चनपुरका २५ सञ्चारकर्मीलाई मङ्गलबार प्रेस ज्याकेट तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) कञ्चनपुर कार्यालयका प्रमुख शेरबहादुर सिंहको संयोजनमा यहाँस्थित कुमार श्रेष्ठ निर्माण सेवा र भीमदत्तनगरपालिका—१ का वडाध्यक्ष आसेफ कुवँर (भुन्टू) को सहयोगमा उनीहरुलाई उक्त सामग्री वितरण गरिएको हो ।

नेपाल—भार खुल्ला सीमानाकामा यहाँका टेलिभिजन, रेडियो, अनलाइन र राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकाका सञ्चारकर्मीहरु जोखिम मोलेर भएपनि समाचार सङ्कलन गरिरहेका छन् । “अन्य ठाउँका सञ्चारकर्मीहरुका लागि सेनिटाइजर, मास्क, प्रेस ज्याकेट दिएर थप हौसला प्रदान गरिएको देखे”, राससकर्मी सिंहले भने, “यहाँका सञ्चारकर्मीलाई पनि स्वास्थ्य सजगता अपनाउन सहयोग पुगोस भनेर ती सामग्रीहरु प्रदान गरिएको हो ।” प्रदान गरिएको सामग्रीमा प्रेस ज्याकेट, सेनिटाइजर, मास्क र गोल्वस रहेका छन् ।

कञ्चनपुरमा कोरोना भाइरस जोखिम नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई विभिन्न निकाय तथा दाताहरुले स्वास्थ्य सामाग्री उपलब्ध गराउँदै आएका छन् ।

प्रकाशित : मङ्गलबार, बैशाख ०९, २०७७१२:२०

कोरोना संक्रमण बढेपछि राजधानीका मस्जिदहरुकोको अनुगमन ! यस्तो पाइयो अवस्था…