काठमाडौंका २ जना नर्समा कोरोनाको आशंका, गरिएका दुवै आरडिटी पोजेटिभ !

काठमाडौँ – काठमाडौँका दुई महिलामा गरिएको द्रुत निदानात्मक परीक्षण (आरडिटी)को रिपोर्ट पोजेटिभ आएको छ। आरडिटी परिक्षण पोजेटिभ आएका दुवै महिला नर्स रहेका छन्।

त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका उनीहरुमा गरिएको पहिलो द्रुत निदानात्मक परीक्षण (आरडिटी)को रिपोर्ट पोजेटिभ आएको र त्यसपछि गरिएको अर्को परिक्षण पनि पोजेटिभ आएको बताइएको छ।

आरडीटि टेस्ट पोजेटिभ देखिएका दुवैलाई टेकु अस्पतालमा आइसोलेसनमा राखिएको छ। उनीहरुमा कोरोना संक्रमण भएको हो, होइन भन्ने एकिन गर्नको लागि पीसीआर विधिबाट परीक्षणको तयारी गरिएको छ।

कोरोना सङ्क्रमित उपचारपछि डिस्चार्ज

धनगढी – कोरोनाको सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक जना पुरुष आज अस्पतालवाट डिस्चार्ज भएका छन् ।

लगातार दुई पटक गरिएको नमूनाको परीक्षणवाट नतिजा ‘नेगेटिभ‘ आएपछि अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५का युवकलाई आज डिस्चार्ज गरिएको अस्पतालमा प्रवक्ता डा जगदीश जोशीले जानकारी दिए।

डिस्चार्ज हुनेमा ३४वर्षीय अमृत शाही हुनुहुन्छ । दुबईबाट नयाँ दिल्ली र काठमाडौँ हुँदै आफ्नो घर धनगढी पुगेका उनलाई कोरोना सङ्क्रमित भएको पुष्टि भएपछि गएको चैत्र ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । कोरोनाको पहिलो सङ्क्रमित व्यक्तिको रुपमा उपचारका लागि उनी सो अस्पतालमा भर्ना भएका थिए। कोरोनाको सङ्क्रमण भई सोही अस्पतालमा उपचाररत कैलालीको लम्की चुहानगरपालिकाका २१ वर्षीय राज विकलाई यही वैशाख ७ गते अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

योसँगै सो अस्पतालमा कोरोनाको उपचारपछि घर फर्किनेको सङ्ख्या दुई पुगेको छ । सो अस्पतालमा कञ्चनपुर बेदकोट नगरपालिकाका एक पुरुष र कैलाली लम्की चुहा नगरपालिकाकी एक र अर्को एक महिलासहित तीन जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

अस्पतालले आज प्रकाशित गरेको सूचनामा अस्पतालमा कोभिड—१९ बाट सङ्क्रमितको उपचारका लागि दुई वटा भेन्टिलेटर पाँच श्ययाकोे छुट्टै आइसियु (सघन उपचार कक्ष) सेवा आजैबाट सञ्चालन गरिएको उल्लेख गरिएको छ । यसै गरी विगतदेखि नै सञ्चालनमा रहेको एक भेन्टिलेटर पाँच श्ययाको आइसियुमा हाल दुई वटा भेन्टिलेटर थप गरिएको सूचनामा जनाइएको छ । भेन्टिलेटरसहित नौ श्ययाको ‘एनआइसियु‘ सेवा भने अस्पतालमा विगतदेखि नै सञ्चालनमा छ ।

प्रकाशित : मङ्गलबार, बैशाख ०९, २०७७१५:४९

चट्याङले फेरि लियो ज्यान