नुनको कम प्रयोग भएका खानेकुरा खाँदा मिल्छन् यस्ता फाइदा !

भोजनमा चिनीको मात्रा कम  भएको खानेकुराको सेवन गर्नाले स्वास्थ्यमा नसोचेको फाइदा पुग्छ।  यसका साथै मिठो र मसलेदार खाना  नियन्त्रण गरि कम नुन प्रयोग गरिएको खानाको सेवन गर्नु पनि स्वास्थ्यका लागि अत्यन्तै लाभदायक रहेको छ।

विशेषज्ञहरुका अनुसार  खानामा आवश्यकता भन्दा बढी मात्रामा नुनको प्रयोग गर्नाले स्वस्थ्यमा नकारात्मक असर पर्न जान्छ। त्यसैल जति सक्दो कम मात्रामा नुनको सेवन गर्नु आवश्यक छ।

यदि तपाई अत्यधिक नुन प्रयोग गरेको खाना खान रुचाउनुहुन्छ भने हुन्छ आफ्नो डाईटमा कम नुन प्रयोग गरिएको खानाको सेवन गर्न थाल्नुहोस। जसले शरीरमा नसोचेको लाभ र परिवर्तन हुन्छ।

कम नुन प्रयोग गरिएको खानाको सेवन गर्नाले स्वास्थ्यमा देखिने परिवर्तनहरु यसप्रकार रहेका छन;

रक्तचाप

कम नुन प्रयोग गरेको खानाको सेवन गर्नाले  रक्तचाप नियन्त्रण हुने र मानसिक तनाव पनि कम हुने बिश्वास गरिन्छ। यसको अर्थ कम नुनको प्रयोग गर्नाले हृदयघात र मुटु सम्बन्धी समस्या कम हुने सम्भावना हुन्छ।

आन्द्रासम्बन्धी समस्या

अत्याधिका मात्रामा नुन प्रयोग गरिएको खानाको सेवनले किड्नी सम्बन्धी समस्या हुने तथा पेटको क्यान्सर हुने सम्भावना रहन्छ। यसका साथै मधुमेह तथा मोतिबिन्दु हुने खतरा समेत बढ्न जान्छ।  त्यसकारणले गर्दा सकेसम्म दैनिक खाने खानामा कम नुन प्रयोग गरेर खानु जरुरी छ।

वजन  कम गर्नका लागि

वजन कम गर्नका लागि सोच बनाई रहेकाहरुका लागि नुनको कम प्रयोग गर्नु पनि फाइदाजनक रहेको छ।  बढी मात्रामा नुनको प्रयोग गर्नाले पेट फुल्ने जस्ता समस्या देखा पर्दछ। कम सोडियमवाला खानाको सेवन गर्नाले अनावश्यक तौललाई नियन्त्रण गर्न सकिन्छ।

बढी मात्रामा नुनको सेवन गर्नाले स्वाद ग्रन्थिमा समस्या आई  खानाको स्वाद राम्रो संग पहिचान गर्न समेत गाह्रो हुने अवस्था रहन्छ।

अनुहार फुलेर आउनु

यदि दैनिक खाने खानामा अधिकतम मात्रामा नुनको प्रयोग गरिएको खण्डमा अनुहार सुन्निएको जस्तो लक्षण देखा पर्न थाल्दछ। त्यसैले यस्ता  समस्याबाट बच्नका लागि दैनिक खाने खानामा नुनको कम मात्रामा प्रयोग गर्नु आवश्यक छ।

यसरी नुनको आत्यधिक सेवनबाट देखिने समस्याबाट छुटकारा पाउनका लागि खानामा नुनको प्रयोग आवश्यक मात्रामा गर्नु आवश्यक छ।

 

 

 

प्रकाशित : बुधबार, असार ११, २०७६०७:४८

यी हुन् कफी पिउनुका ५ फाइदाहरु, जानिराखौं !